
नेपालमा सुपरहिट चलचित्र जात्रै जात्रा अगष्ट ४ मा कोरियामा प्रदर्शन हुदैछ । जात्रै जात्रा प्रदर्शनको लागि सम्पूर्ण तयारी भएको आयोजक संस्था तँनहू सम्पर्क समितिले जनाएको छ ।
अगष्ट ४ आइतवारको दिन सउलस्थित दोगंदेमुन ३ नम्वर गेटबाट नजिकै रहेको हलमा अपरान्ह १२ बजे देखि प्रदर्शन हुदैछ ।
चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘जात्रै जात्रा’ मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।