अनुभुती

0
400

आवश्यक्ता, उपलब्धता र जागरुकताको परस्परमा तादाम्यता मिल्यो भने गतिशिलता हुने गर्छ। निरन्तरताको गतिशिलताले प्रगतिको मार्ग तय गर्दछ। यिनीहरु मध्ये कुनै एकको मात्र संन्तुलन मिलेन भने प्रगतिको सपना सपनामै सिमित हुन पुग्दछ। यो कुरा एकदम सामान्य रुपले बुझ्ने हो भने पनि हामी स्पष्ट हुन सक्छौ। जस्तो कि हाम्रो भान्सामा हामीलाइ पकाएर खानु पर्ने सबै कुराहरु उपलब्ध छन। शरीरले खाना आवश्यक्ताको जनाउ भोकको माध्यमबाट दिइरहेको छ। तर हामीसंग खान पकाउने सीप सहितको जागरुकत्ता भएन भने हामी भोकै पर्छौ। जागरुकता भन्नाले गति हो, जाँगर हो, काम प्रतिको सचेत अग्रसरता हो । अर्को कुरा विकास भनौ वा प्रगति भनौ वा अझै एक कदम अघि बढेर समृद्धि भनौ यी कुराहरुको प्राप्तिको लागि पनि समय, परिस्थिति र अबसरको सन्तुलनको आवश्यक्ता रहन्छ। गर्नु पर्ने सहि समय, गर्नु पर्ने काम अनुकुल वा प्रतिकुल परिस्थितिको बोध। काम गर्ने अबसर र चुनौतिको सुझबुझ पुर्ण जानकारि आवश्यक हुन्छ। यो कुरा हाम्रो दैनिक ब्यबहार देखि प्राकृतिकरुपमा भइरहेको हरेक गतिबिधिमा समेत हुने गर्दछ।

वनस्पति जगतमा होस वा प्राणि जगतमा एउटा नँया पुस्ताको जन्म वा नयाँ परिस्थितिको बिकास हुन पनि यी सबै कुराहरुको समन्वय आवश्यक रहन्छ। यस प्रकारका सबै सन्दर्भहरु कोट्याएर म कुनै जीवन आदर्सको कुराहरु गर्न गइरहेकी छैन। न त म त्यसमा उति बिघ्न जानकार नै छु। जानेर वा नजानेर सानै उमेर देखि राजनीति प्रतिको झुकाव, संलग्नता र भरोसाको कारणले म यस लेखमा पनि त्यसै सन्दर्भमा मेरा केहि कुराहरु ब्यक्त गर्न गइरहेकी छु।

-- Ad --


मैले राख्ने बिषयहरु कुनै सन्दर्भ सामग्रिहरुको सहायतामा, तथ्याङ्कहरुको संकलन गरेर वा कुनै सैद्धान्तिक आइडियोलोजिलाइ आधार मानेर तीनिहरुको आवश्यक पुष्ट्याइ वा प्रसोधन गरेर गर्न खोजेकी पनि होइन। यो केबल आजको समयको जन सामान्य, म र मेरो पुस्ताले राजनीतिलाइ कसरि हेरेको छ? वर्तमानको पुस्ताको मानसपटलमा के गुज्रिरहेको छ? सकेसम्म त्यसको प्रतिबिम्बन गर्न कोशिस गरेकी छु। हुन त उमेर र अनुभवले म धेरै अघिको कुरा गर्न भ्याउदिन वा अनुभुतिको स्तरमा प्रकट गर्न सक्दिन किनकी सुनेको भन्दा भोगेर हाँसिल गरेको अनुभब बलियो र दिगो हुन्छ। त्यसैले समसामहिक बिषयमै केहि कुराहरु उठान गर्न चाहान्छु।

सत्तरी असी बर्ष अघि देखिको अधिकार प्राप्तिको आन्दोलनको समयरेखामा यस बीचको लगभग ५ पुस्ताको संलग्नता भएको पाइन्छ। त्यस मध्ये लगभग पहिलो दुई पुस्ता अहिले राजनीतिको यो परिदृष्यमा बिध्यमान छैन जुन स्वभाविक र प्राकृत पनि हो। बाँकी रहेको तीन पुस्तामा पनि जेठो पुस्ता सक्रिय राजनीतिको अन्तिम अन्तिम तिर आइपुगेको अवश्था छ। जुन पुस्ताले परिवर्तनको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको छ। उहाँहरुको संघर्षमय जीवन र त्याग प्रति वर्तमानमा हाम्रो पुस्ता र भविश्यको भावि पुस्ता वहाँहरु प्रति अनुग्रहित छौ र हुने छौ।यस अधिकार प्राप्तिको अान्दोलनमा हजारौले आफ्नो ज्यान समेत अर्पर्ण गर्नु भएको छ। उहाँहरु प्रति पनि हामी हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दछौ। पछिल्लो दूई पुस्ता मध्येको जेठो पुस्तामा राजनीतिको स्कुलिङ अधिकार प्राप्तिको कोणबाट भयो र त्यसको प्रभाव स्वाभावत: वर्तमानमा मैले प्रतिनिधित्व गरिरहेको मेरो पुस्तामा पनि पर्ने नै भयो।समयको माग र परिस्थितिको बदलावसंगै समाजले एउटा छुट्टै लक्ष्य तय गर्छ। उक्त नयाँ लक्ष्य हाँसिल गर्न यहि समाजले एउटा नयाँ बिधी र संस्कारको बिकास गर्ने गर्दछ।

यो आठ दशक लामो अधिकार प्राप्तिको आन्दोलनको डिस्कोर्ष लगभग समाप्त भएको अवश्थामा हामी छौ यध्यपि केहि आवाजहरु अझै छन र भविश्यमा पनि रहिरहने छन। समयक्रममा यसमा आवश्यक सुधार र परिमार्जन गर्दै यस्लाइ समृद्ध बनाउदै लैजानु नै पर्छ। मुल रुपमा यो चरणको अन्त्य भएको छ। एउटा खास उदेश्यको लागि शिक्षित दिक्षित पुस्ताले अब फेरिएको नितान्त फरक उदेश्यको लागि काम गर्नु पर्ने छ। हालसम्म उसले प्राप्त गरेको स्कुलिङ्ले यो उदेश्य प्राप्त गर्न सहयोगि भुमिका खेल्न सक्ने अबश्था रहने कुरै भएन । आजसम्म हामी अधिकारका प्राप्तिका लागि लड्यौ। यस अघिको पुस्ताले आफ्नो स्कुलिङलाइ जस्ताको तस्तै स्थान्नातरण गर्न सक्थ्यो। अहिले हाम्रो पुस्ताले आफुले अघिल्लो पुस्तासंग ग्रहण गरेको स्कुलिङ र नयाँ निर्माण गर्नु पर्ने स्कुलिङको र दोसाधमा छौ। अबको युग भनेको हाम्रो सम्पुर्ण समाजका अंगहरु उत्पादनसंग जोडिएर उध्यमशिल हुने, आत्मनिरभर अर्थतन्त्रको निर्माणमा योगदान गरेर समुद्धिको योद्धा बन्ने युग हो।

अबको युग हरेक ब्यक्तिले कर्तब्यको बोध गरेर त्यसलाइ पुरा गर्ने युग हो। देशले मलाइ के दियो? भन्ने होइन मैले मेरो ठाउँबाट कति गर्न सक्छु? भनेर आफैलाइ प्रश्न गर्दै तदअनुकुल गर्ने युग हो। अब खराब प्रवृतिको अन्त्य गर्दै र सकारात्मक कुराहरुलाइ अघि बढाउदै बिकास र समृद्धिको नयाँ गोरेटोमा एउटा सुन्दर गन्तव्यको यात्रा तय गर्नु पर्ने युग हो। यस सुन्दर गन्तब्यको यात्राको बाटोमा सुन फलाउने तराइका फाँटको ठाट बढाउने, सुन बगाउने खोलाको सुन संकलक बन्ने, अजम्बरि बुटि दिने कर्णालिको कायकल्प गर्ने परिश्रमी बन्ने, बिश्व डाक्ने हिमाल र मनोरम दृष्यहरुको सूचना संप्रेरणको बाहक बन्ने गहन जिम्मेवारि र कर्तब्यबोध मेरो पुस्ताले गर्नै पर्छ।

यसै बिच नेपालको संबिधान २०७२ लागु भइ कार्यान्वयन भएसंगै हामीसंग एउटा स्थिर बलियो सरकार छ। अघि मैले शुरुमा खाना बनाउने उदहारण दिए जस्तै बलियो र स्थिर सरकार छ हाम्रो साधन श्रोत सम्पन्न मुलुक छ जनसख्याको डेमोग्राफिमा उत्पादनशिल उमेर समुहको प्रतिसत उत्साह प्रद छ। हाम्रो बिकासको भोक चरम छ।भुराजनीतिको शक्ति सन्तुलन पनि लगभग अनुकुलनै छ। हामी इतिहासँको एउटा यस्तो स्वर्ण बिन्दुमा छौ कि हामीले अलिकति सुझबुझका साथ अघि बढ्ने हो भने धेरै अगाडि जान सक्छौ। यो अवसर अहिलेको हाम्रो पुस्तालाइ प्राप्त छ। यदि हामीले यो समृद्धिको युगको शुरुवात गर्न सक्यौ भने भावि पुस्ताले हाम्रो पुस्तालाइ अनन्तसम्म संझने छ। त्यसैले हाम्रो पुस्ता एउटा यस्तो सुखद अवसर र गहन जिम्मेवारि प्राप्त पुस्ता हो। निश्चय नै शासन सत्तामा रहनेहरुको यसमा भुमिका रहने नै भयो। हामी हरेक नागरिकले पनि अब कर्तब्य बोध गर्दै खराब प्रवृतिको सामुहिक रुपले तिरस्कार गर्दै, सुद्धिकरण गरेर हटाउदै अाफै भित्रका खराबवृतिहरुलाइ समेत स्वमूल्याकंन गर्दै अघि बढौ समृद्धि निश्चय पनि हामीले हासिल गर्न सक्छौ।
अन्त्यमा लियो टायल्स टायको यो उक्ति स्मरण गर्न चाहे।
”समाजमा हल्ला गरेर, गुनासो गरेर, निन्दा गरेर, पार्टि खोलेर, अान्दोलन गरेर मात्र सुधार हुन सक्दैन त्यसको लागि भावनाको जागृति र विचारहरुमा प्रगतिको अावश्यक्ता हुन्छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here