अपांग भुजेल परिवार लाइ कोरिया बाट आर्थिक सहयोग

1542

 

गोरखा गण्डकी गाउपालिका वडा नं ३ याङ्दी निवासी स्वर्गिय दल बहादुर भुजेलको अपांग परिवारको लागि दक्षिण कोरिया वाट गुणराज न्यौपाने को संयोजकत्व मा उठाएको आर्थिक रकम हस्तान्तरण गरिएको छ। गोरखा परिवार द कोरिया र वेलफेवर फाउन्डेशन गोरखाको सहकार्यमा कोरिया मा रहेका साथिभाई को सहयोग मा रु ७५००० सहयोग गरिएको न्यौपानेले बताउनु भयो
।कोरिया बाट रु ६०००० र वेलफेवर फाउन्डेशनको रू १५००० थप गरि रु ७५०००० रकम प्रमुख जिल्ला अधिकारी को अध्यक्षतामा सामाजिक संज्जाल वाट अभियान चलाएकी रेखा लोपचन तामांग र सोहि वडा का वडा अध्यक्ष नवराज श्रेष्ठ को उपस्थितीमा हस्तान्तरण गरिएको न्यौपाने ले बताउनु भयो।हाल अपांग मैत्री घर को निर्माण कार्य ९५% सम्पन्न भइसकेको छ।सो रकम सामाजिक संजाल मार्फत संकलन गरि समाजसेवी तामागं लाई उपलब्ध गराईएको न्यैापानेले बताउनु भयो।गोर्खा नगरपालिका वार्ड न. ११ भै उहाँ युबा संघ नेपालका केन्द्रिय सदस्य तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला सदस्य र श्रेयान क्लिनर केमिकल हाउसकि सन्चालिका पनि हुन । समाजसेवी हरूको बिगबिगी बढेको बेला गोरखाकी एक युवा महिला त्यस्ता कथित समाजसेवीका निम्ति चुनौती बनेर अगाडी बढिरहेकी छन् ।

समाजसेवा गर्न उमेर र प्रशस्त धनदौलत होइन भित्री आत्मा सफा हुनुपर्ने र त्यसो भएपछि आफ्नो उद्देश्यमा सफल भइन्छ भन्ने दृढ इच्छा राख्ने यी समाजसेवी महिला जो कसैको कष्ट देख्दा आफ्नै मुटुमा सियो रोपिएको महसुस गर्ने त्यतिबेला द्रविभूत भइन् जब गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ३ फुजेलका एकै परिवारका सबै सदस्य अपाङ्ग बनेर दुःख भोगेका देखिए । गरिवीमाथि अपाङ्गताको प्रहार देख्दा त्यसबेला आफ्नो आँखा निकै रसाएको उनी स्मरण गर्छिन् । शुरुका दिनमा दुई–तीन लाखसम्ममा भ्याउने भए आफैँ भवन बनाइदिने भनेर लागेकी रेखा पछि रकम नपुग्ने देखेपछि सामाजिक संजालमार्फत सहयोगको निम्ति हात फैलाएर रकम जम्मा गर्न थालेको बताउँछिन् । निःस्वार्थ अपाङ्गलाई आवासमा राख्ने सपना बोकेर अघि बढेकी उनलाई अवरोध गर्ने चेष्टा पनि गरियो त्यसैले उनको अभियान लाई साथ दिन न्यौपानेले कोरियामा सहयोग अभियान सुरु गरेका थिए।

हाल उहॉ रोजगारीको शिलशिलामा कोरियामा हुनुहुन्छ।भुजेल परिवारको खुशीको लागि आफू जेल जान पनि तयार रहेको अभिव्यक्ति दिएकी रेखालाई गोरखाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको साथ र समर्थन रहेको थियो ।हाल अपांगमैत्री भवन को सम्मपूर्ण काम तयार भई रंग रोगन को काम शुरू गरिएको छ र आगामी तिहाँर सम्म मा अपांगमैत्री आवास हस्तान्तरण गरिने छ।

प्रतिक्रियाहरू