अबैध आप्रवासी लाई कोरियाली सरकारले देखाएको ललिपप

5619

कोरियामा गैरकानुनी रुपमा बस्ने आप्रवासी को संख्या दिनानुदिन बढ्दै गैरहेको छ । सन 2016 मा जम्मा 208,971जना ,2017 मा 251,040 जना गैरकानुनी आप्रवासी रहेकोमा यो संख्या बढेर 2018 को 8औं महिनाको अन्त्यसम्ममा 335,455 जना पुगेको छ।

कोरियामा  गैरकानुनी कामदारहरुको वृद्धि भएसङ्गै कोरियाली सरकारले यो ठूलो समस्याको रुपमा व्याख्या गर्ने गरेको छ । अबैधानिक कामदार बढेको अबस्थासङ्गै कोरियाली अर्थ ब्यबस्थामा प्रत्यक्ष प्रभाव पार्ने , सार्बजनिक सुरक्षा ब्यबस्थामा हुने समस्या,बिदेशी बिदेशी हरुको बाक्लो उपस्थिति भएको क्षेत्रहरूमा आपराधिक क्रियाकलापमा वृद्धि ,यौन जन्य हिंसामा बृद्दि हुन  गैरकानुनी रुपमा बसेका हरुको संलग्नता बढी हुने भएकोले पनि कोरियन सरकारले यो समस्या समाधानको निमित्त प्रत्येक छ /छ महिनाको अन्तरालमा आकर्षक नियमहरु ल्याईरहेको हुन्छ ।

कोरियन सरकारको न्याय नीति बिभागले हिजो मात्रै अबैधानिक रुपमा कोरिया बस्दै आएका बिदेशी कामदार हरुलाई लक्षित गर्दै एउटा ललिपप रुपि नियम बनाएको छ । हामिहरु कतिले त्यसलाई सकारात्मक रुपमा लिएका छौं भने कतिपयले आशंकाको रुपमा लिएका छौं ।

कोरियन सरकारले अबैधानिक रुपमा कोरियामा बस्दै आएका बिदेशी कामदार हरु स्वदेश फिर्ता गर्ने लक्ष्यका साथ बेला बेलामा यस्तै प्रकारका नियमहरु बजारमा ल्याएको हुन्छ । हालसालै फेरि अर्को नियम घोषणा गरेको छ सार्बजनिक गरेको न्याय नीति बिभागले धेरै अबैधानिक बिदेशिहरु फर्कने आशा ब्यक्त गरेको छ । यो पनि स्वभाविक नै हो । हेरौं यो नियमले कोरियामा गैरकानुनी रुपमा बसेका आप्रवासी हरु कति कम गर्न सघाउ पुर्याउछ ।

हिजो मात्रै कोरियाको न्याय नीति बिभागले ल्याएको नियम सरसर्ती हेर्ने हो भने अबैध रुपमा कोरिया बसोबास गरिरहेका बिदेसी हरुलाई लल्लिपप देखाएर धपाउने जस्तो मात्रै देखिएको छ । अबको छ महिना अर्थात अक्टोबर 2018 देखि मार्च 2019 सम्म स्वच्छिक रुपमा स्वदेश फिर्ता हुने कामदारहरु पुनः कोरिया प्रवेशमा सहज वातावरण निर्माण गर्ने तथा अध्यागमन मा कुनै पनि समस्या नहुने भनिएको छ । तर कहिले सम्म कोरिया प्रवेश दिने भनेर स्पष्ट खुलाईएको भने छैन तर धरपकडमा परि फिर्ता पठाइएकाहरुलाई भने दस बर्ष कोरिया प्रबेशमा रोक लगाउने भनिएको छ ।

कोरियामा अबैध रुपमा बस्ने भनेको नै प्रायः उमेर बढी भएर पुनः इ पि एस भाषा परिक्षामा सहभागी हुन नसक्नेहरुको संख्या बढि रहेको छ भने नेपाल फर्किसकेपछी पनि पुनः परिक्षासङ्ग डराउने अथवा इ पि एस प्रणाली निकै झन्झटिलो ,पास भैसकेपछि पनि भिसा लाग्ने नलाग्ने अन्यौल , धेरै समय कुर्नुपर्ने, यस्तै नेपाल गएर स्थापित हुने वातावरण बनिनसक्नु, कोरियाको आय तुलनात्मक हिसाबले उच्च हुनु र माया मारिहाल्न नसक्नु यस्तै यस्तै बाध्यात्मक परिस्थिति भएकोले केही समय कोरिया बसाई लम्ब्याउनेको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । यस्ता बाध्यतालाई कोरियाको यी र यस्ता लल्लिपपहरुले बिशेष गरेर अबैध रुपमा बसोबास गरिरहेका नेपालिहरुलाई बनाईहाल्ने कुरामा भने बिस्वस्त हुन सकिने अबस्था छैन ।

प्रतिक्रियाहरू