अब कोरियाबाट अबैधानिक रुपमा नेपाल पैसा पठाए तथा यस्तो कार्यलाई प्रोत्साहन गरे कार्वाही हुने

3491

कोरिया स्थित नेपाली राजदुतावासले यही मे १३ तारिख अब कोरियाबाट अबैधानिक रुपमा पैसाको कारोबार गरे कारबाही हुने सम्वन्धमा एउटा सुचना प्रकाशित गरेको छ ।

जस्मा लेखिएको छ – “हुन्डी लगायत कुनै पनि अवैधानिक माध्यमवाट रकम नेपाल पठाउने कार्य पूर्णत गैर-कानुनी र जोखिमपूर्ण हुनुको साथै मुलुकको अर्थतन्त्रलाई समेत हानि पुर्याउने भएकोले यसरी गैरकानुनी तवरबाट नेपाल रकम पठाउने र यस कार्यमा संलग्न जो कसैलाई पनि नेपालको सम्पत्ति शुद्धिकरण (मनि लउन्डरिङ) निवारण ऐन २०६४ तथा नियमावली, बिदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ मा भएका प्रावधान अनुसार कानुनी कार्वाही तथा सजाँय हुन सक्ने व्यवस्था छ।”

साथै, पत्रमा भनिएको छ – वैधानिक विप्रेषणलाई निरुत्साहन गर्न अवैधानिक विप्रेषणको प्रचार एंव प्रोत्साहनमा संलग्न व्यक्तिहरुको प्रमाण सहितको जानकारी दुतावासको इमेल nepambseoul@yahoo.com      मा दिन सक्नुहुनेछ भने यदि नियम विपरित कार्य गरेको प्रमाणित भएमा कानुनी कार्वाहीको लागि कोरिया तथा नेपाल स्थित सम्वन्धित निकायमा पठाइने समेतको जानकारी दिएको छ ।

हेर्नुहोस्, सुचना

 

 

प्रतिक्रियाहरू