अब बिना भिसाका प्रवासी श्रमिकलाई अध्यागमनका प्रहरीले पक्रिने क्रममा घाइते भएमा, चोट पटक लागेमा वा मृत्यु भएमा उपचर खर्च र क्षतिपूर्ति पाउने नियममा परिवर्तन

1223

बिना भिषा कोरियामा काम गरि रहेको प्रवासी श्रमिकहरुलाई अध्यायगमनको प्रहरीले पक्रिने क्रममा कुनै दुर्घटना भएमा, मृत्यु भएमा काम गर्दा भएको दुर्घटनाको रुपमा स्वीकार गरिने गरि श्रमिक कल्याण कर्पोरेसनले आफ्नो निर्देशिकामा परिबर्तन गरेको छ ।

यस्तो घटनामा घाइते भएको वा मृत्यु भएको प्रवासी श्रमिकले कार्य स्थलमा काम गर्दा क्षति भएको भनि मान्यता प्राप्त गर्नको लागि कम्पनी साहुले श्रमीकको भिसा नभएको कुरा अग्रिम थाहा भएको हुनुपर्ने, अध्यायगमनको प्रहरीले पक्रन आउदा श्रमिकलाई साहुले भाग्नु भनेर आदेश दिएको हुनुपर्ने र सम्बन्धित श्रमिक काम गरिरहेको अवस्थामा हुनु पर्नेछ । तर  भिसा नभएको प्रवासी श्रमिक भाग्ने क्रममा अर्काको गाडी चढेर भाग्दा दुर्घटना भएमा, धरपकडको क्रममा प्रहरीसँग कुटपिट भएर चोटपटक लागेमा अपराधिक गतिबिधि गरेको अवस्थामा कार्य स्थलमा काम गर्दा भएको दुर्घटना हो भनि स्वीकार गरिने छैन।

यो निर्देशिका अब घट्ने र यो भन्दा अगाडि घटेको घटनाको बारेमा चलिरहेको मुद्दाको सम्बन्धमा पनि लागु हुनेछ । गत बर्ष म्यानमारको प्रवासी श्रमिकको धरपकडको क्रममा मृत्यु भएको थियो । कार्य स्थलमा काम गर्दा घटेको घटना भएकोले क्षतिपूर्तिको लागि मुद्दा चलिरहेको अवास्था छ। सन् २००७ साल देखि अहिलेसम्म अध्यायगमनले गरेको धरपकडको क्रममा १० जना प्रवासी श्रमिकले ज्यान गुमाएको छन् भने ७० जना घाइते भएको छन ।  धरपकडको क्रममा घाइते हुने साथै मृत्यु हुनेलाई सरकारले उपचार खर्च र क्षतिपूर्ति दिनु पर्छ भनि  कोरियन प्रजातार्न्त्रिक मजदुर महासंघ केसिटियु एमटियु लगायतले निरन्तर दबाब दिदै आइरहेको थियो ।

यो खवर कोरिएन अनलाइन लेवर टुडे मा पनि प्रकाशन गरिएको छ।

 

 

प्रतिक्रियाहरू