अमेरिकी राष्ट्रपतिलाई भेट्न उत्तर कोरियाली नेता किम सिंगापूर पुगे

0
2255

 


उत्तर कोरियाली नेता किम जोङ उन आज सिंगापूर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताका लागि किम आज अपरान्ह्र साढे दुइ बजे सिंगापूरको चाङ्गी विमानस्थल अवतरण गरेका हुन् । शिखर वार्ताको दुइ दिन अघि एयर चाइनाको बोइङ विमान मार्फत किम सिंगापूर पुगेको सिंगापूरको द स्ट्रेट टाइम्सले जनाएको छ ।
किम र ट्रम्पबीचको ऐतिहासिक शिखर वार्ता मंगलबार हुने तय भइसकेको छ । दुइ नेताबीच उत्तर कोरियाको आणविक हतियार निशस्त्रीकरण र त्यसको बदला सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने बताइएको छ ।
यसैबीच शिखर वार्ताको दुइ दिन अघि सिंगापूर पुगेका किमले सिंगापूरका प्रधानमन्त्री ली सेन लुनलाई आजै भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here