अमेरिकी र उत्तर कोरियाली नेताबीचको ऐतिहासिक शिखर वार्ता आज सिंगापूरमा, कोरियाली प्रायद्धिपमा शान्ति स्थापना गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा

0
1169

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आज सिंगापूरमा ऐतिहासिक शिखर वार्ता हुदै छ । सम्बन्ध सुधार, आणविक निशस्त्रीकरण, कोरियाली प्रायद्धिपमा दिर्घकालिन शान्ति स्थापना गर्ने लगायत विविध मुद्धामा हुने दुइ पक्षिय शिखर वार्ता आज स्थानिय समय अनुसार बिहान दश बजे सिंगापूरको क्यापेला होटलमा शुरु हुने जनाइएको छ । धेरै उतारचढावका वीच हुन लागेको शिखर वार्ताले सन् उन्नाइस पचास देखि त्रिपन्न सम्म चलेको कोरियाली युद्धको औपचारिक अन्त्यको घोषणा र प्रायद्धिपमा स्थायि शान्ति स्थापना गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

दुइ नेताबीचको छलफल पछि हुने समक्षदारीले कोरियाली प्रायद्धिपको भाग्य र क्षेत्रिय परिदृश्य पनि निर्धारण गर्ने छ । वार्ताका लागि दुइ नेता दुइ दिन अघि नै सिंगापूर पुगिसकेका छन् भने सिंगापूरका नेतासँग भेटवार्ता सम्पन्न गरिसकेका छन् ।
ऐतिहासिक उत्तर«को आणविक निशस्त्रीकरणलाई लिएर हुन लागेको महाशक्ति राष्ट्र अमेरिका र उत्तर कोरियाका राष्ट्र प्रमूखबीचको ऐतिहासिक वार्तालाई दक्षिण कोरिया सहित अन्र्तराष्ट्रिय समूदायले निक्कै महत्वका साथ हेरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here