
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यही अगस्ट ४ र ५ तारिकमा वनभोज तथा अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। मंचले कोरियाको गर्मी बिदाको अवसरमा कोरिया स्थित अर्घाखाँचीका सबै बैदेसिक रोजगारको शिलशिलामा निस्किएका युवाहरुलाइ मनोरञ्जन गराउने साथै सदभाव र आत्मियतालाई अझै प्रगाढ गराउने उदेश्यले सो कार्यक्रम गरेको हो।
अर्घाखाँची लगायत कोरिया स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि साथै छिमेकी जिल्ला लगाएत अन्य जिल्लाका युवाहरुको उपस्थितीले पनि कार्यक्रमलाई थप उर्जा मिलेको अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थिले बताउनु भयो। कार्यक्रमको दोस्रो दिन बिहानै विभिन्न युवाहरुको टोली बनाई खुट्टे भलिबलको आयोजना पनि गरेको थियो। उक्त कार्यक्रममा पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए। धेरै हुटिङ र होहल्लाका बिच फर्सुराम पौडेलको टिमले प्रथम पुरस्कारको रासी हात पार्न सफल भयो भने सोही टिमलाई पछ्याउदै प्रतिस्पर्धाको दोस्रो रासी संस्थाका अध्यक्ष सुन्दर पन्थिको टोलिले पाएको थियो। उक्त कार्यक्रममा शालिक खनाल र लक्ष्मण बेलबासेले रेफ्रीको कुसलता पुर्बक कार्य गरि कार्यक्रमलाई टेवा पुर्याउनु भएको थियो भने कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन संस्थाका सल्लाहकार बिनोद खनालले गर्नु भएको थियो।
उक्त औपचारिक कार्यक्रममा नेपाल कोरिया सम्पर्क समिती(NCC)का अध्यक्ष अन्जु केसिको प्रमुख आतिथ्यता, संस्थाका संरक्षक बाबुराम आचार्यको बिशेष आतिथ्यता साथै सल्लाहकार स्टार रेमिटका प्रतिनिधि र केही गैर जिल्लाबासी साथीहरुको आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको थियो। संस्थाका उपाध्यक्ष टिकाराम पोखरेलले स्वागत मन्तव्य राख्दै एस्ता रचनात्मक कार्यक्रमले भाइचाराको संबध अझ बढी प्रगाढ हुने बताउनु भयो। उक्त कार्यक्रममा सम्पुर्ण साथीहरुको परिचय संस्था प्रतिको धारणा कोरियाको बसाइको अनुभव र आर्थिक लगानी सम्वन्धी पालैपालो बोल्ने अवसर दिएर छलफल गरिएको थियो। धेरैजसो बक्ताले लगानिमा उत्साहित हुँदै आफ्नो अभिव्यक्ति दिनुभयो।
आर्थिक लगानिले हाम्रो सन्ततिलाइ बैदेसिक रोजगारिको निम्ति ब्याग बोक्न नपर्ने र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ सानो टेवा पुग्ने निस्कर्ष सहित नेपालमा रहेका विभिन्न ब्याक्तित्वहरु संग समन्वय गरि ६ महिना भित्र लगानी संभावना अध्ययन प्रपोजल पेस गर्नेगरी संस्थाका अध्यक्ष सुन्दर पन्थिको संयोजकत्वमा १९ सदस्य संभावना अध्यन समिती गठन गरिएको छ। सामुहिक लगानी सम्वन्धी अन्तरक्रिया कार्यक्रम कोरियामा पहिलो पटक भएकोले प्रमुख अतिथी अन्जु केसिले यस्ले आफुमा केही आसा पलाएको भन्दै अभिव्यक्ति दिनु भएको थियो भने बिशेश अतिथी बाबुराम आचार्यले पनि सामुहिक लगानी र संस्थाको निम्ति आफ्नो कुनै कसुर नराखी सहयोग गर्ने धारणा राख्नु भएको थियो। संस्थाका अध्यक्ष सुन्दर पन्थिले कार्यक्रमको समापन गर्दै सम्पुर्ण उपस्थिलाइ धन्यवाद दिदै यो उपस्थितिले कार्यक्रम पुर्णरुपमा सफल भएको र आफुलाइ थप हौसला मिलेको बताउनु भएको थियो।