अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशन फेब्रुवरी ४ मा हुने

379

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नजिकिदै गरेको सलनालको अवशरमा पाँचौ अधिवेशन गर्ने भएको छ। आगामी साताको फेब्रुवरी ४ तारिकलाई अधिवेशनको मिति तय गरेको मञ्चका अध्यक्ष सुन्दर पन्थीले बताउनु भयो।

“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीको प्रतिवद्वता” भनने मुल नाराका साथ स्थापना भएको मञ्चले बिगतमा पनि धेरै उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ। अधिवेशन दिउँसो ठिक २ बजे उद्घाटन हुनेछ भने स्थान दोङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्टलाई तोकिएको छ।

प्रचार-प्रसारको लागि समय अत्यन्त थोरै भएकोले यसै सुचनालाई आधार मानेर अधिवेशनमा सहभागी भईदिनु हुन आयोजकले हार्दिक अनुरोध गरको छ।

प्रतिक्रियाहरू