अष्ट्रेलियाको सिड्नीमा नेपाल आइडल Top 5 को live show हुने

0
385

नेपाली समुदायको बाक्लो बसोवास रहेको अष्ट्रेलियाको सिड्नीमा यहिँ आउँदो फेब्रुवरी ८, २०१९ (माघ २५) मा नेपाल आइडल Top 5 को live show हुने भएको छ। प्रतिष्ठाको पहिलो आवाज सब टाइटल नाम दिइएको उक्त इभेन्ट नेपाली टच अष्ट्रेलिया र एक्सपोष्ट एण्ड भिजा सर्भिसको संयुक्त आयोजनामा हुन लागेको हो ।

गत वर्ष जस्तै यस संस्करणको कार्यक्रम पनि भब्य र सब्य रुपमा संचालन र ब्यबस्थापन हुने आयोजकहरुले केहि दिन अगाडि सानो कार्यक्रमका बिच फेसबुक live मार्फत जनाएका छन्। म्युजिकको कुनै भाषा हुदैँन,बिद्यार्थी भाइबहिनीहरुलाई स्वस्थ मनोरन्जन प्रदान गर्ने, सद्भाव कायम गर्ने र नेपाली गीत संगीतको संरक्षण गर्ने हेतुले कार्यक्रम गर्न लागिएको एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिसका सि.ई.ओ. बद्री अर्यालले बताए।

-- Ad --


त्यस्तै कार्यक्रम स्थल र अन्य बिबरणहरुको जानकारी भने केहि समय पछि बिशेष पत्रकार सम्मेलन गरेर जानकारी गराइने नेपाली टचका सि.ई.यो. राज के गोस्वामीले जनाएको छन्। प्रवासमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेला भई मनोरञ्जन लिनु हुन आयोजक दिपेश पुनले सबैमा सार्वजनिक अपिल समेत गर्नु भएको छ।
श्रोतः अनलाइन मझेरी डट कम

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here