आकर्षक धनराशी पुरस्कार सहित कोरियामा प्रथम एनआरएन कप फुटवल प्रतियोगिता हुने

5130

कोरियामा प्रथम एन  आर एन  कप फुटवल प्रतियोगिता २०१८  हुने भएको छ l आकर्षक धनराशिको पुरस्कार सहितको उक्त  प्रतियोगिता गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले आयोजना गरेको हो । “प्रवासी एकता र सामाजिक सद्भावना आजको आवस्यकता समृद्ध नेपाल निर्माणमा एनआरएन कोरियाको प्रतिबद्धता ” भन्ने मूल  नाराको साथ आउदो नोभेम्बर ४ तारिखमा सोयोसान फुटबल मैदानमा हुने सो प्रतियोगितामा सहभागी हुन कोरियामा क्रियाशिल सबै संघ संस्था तथा फुटबल टिमलाई एनआरएन कोरियाले अपिल गरेको छ।  कोरियामा धेरैले चासोको साथ  हेरिएको फुटबल प्रतियोगितालाई सफल बनाउन फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण गुरूगं (ब्रो तमु)ले सबैलाई अपिल गरेका छन्।

प्रतियोगिताका लागि प्रथम पुरस्कार ३० लाख वन र दोश्रो पुरस्कार १८ लाख वन र अन्य बिधामा पनि पुरस्कार तोकेको छ भने प्रतियोगितामा कोरियन रेफ्री रहनेछन्। टाइसीट  अक्टोबर २८ तारीख़ सार्वजनिक गरिने छ भने दर्ता गर्ने समय अक्टोबर २७ दीउसो ३ बजे सम्म रहने छ । टीम दर्ता शुल्क ३ लाख वन तोकिएको छ शुल्क बुझाऊन आइ बि के बैंकमा (  ०२११०८६२५०१०११ एन आर एन कोरिया कोड नम्बर ०३  )जम्मा गर्न सक्ने छन।

उक्त प्रतियोगिताले मनोरन्जनका साथमा  कोरियामा रहेका नेपालीहरू बीच आपसी सद्भाव र  भाइचारा कायम राख्न  थप टेवा पुग्ने  एनआरएन कोरियाको ठहर छ l
थप जानकरिको लागि
लक्ष्मी लामा गुरुङ ०१०२०७८६६४९
बिपिन गुरुङ सम्योजक ०१०४८०३२७३०
ब्रो तमु      ०१० ४८२२१८१९
केसव थापा ०१०२९७०९८४१

प्रतिक्रियाहरू