आज १३० औं मजदुर दिवस , कोरियामा पनि बृहत कार्यक्रमका साथ मनाइदै

136

आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । ‘संसारका मजदुर एक हौं’ भन्ने मुल नाराकासाथ विश्वभर यो दिवस मनाइँदैछ ।
बिसेष गरि  १७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै यो दिवस मनाइन्छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो ।
उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार भएको थियो ।
आजकै दीन दक्षिण कोरियामा पनि बृहत र्यालीका साथ मजदुर दिवास मनाइदै छ l कोरियाको  मजदुर  छाता संगठन कोरिया कन्फरड्रेन अफ ट्रेड युनियन  (केसीटियु )को आयोजनामा राजधानी सियोलमा बृहत कार्यक्रमको आयोजना गरिएको छ l हजारौं मजदुर हरुको उपस्थितिमा आइएलओको नियमानुसार  न्युनतम मजदुर कानुन पालना गरिनु  पर्ने   , रोजगारीको ग्यारेन्टी तथा सुरक्षा गरिनु  पर्ने  आदि माग राख्दै बृहत र्याली निकालिएको हो l

त्यस्तै गत आइतबार प्रवासी मजदुर युनियन( एमटियु )ले पनि स्व-इच्छाले कम्पनि परिबर्तन गर्न पाउनु पर्ने , न्युनतम ज्याला १० हजार कोरियन वन हुनु पर्ने ,प्रवासी मजदुर माथिको धरपकड बन्द गरिनु पर्ने  तथा डब्लु पी एस लागु गरिनु पर्ने माग राख्दै सियोलको जोंगाकमा   बृहत र्याली निकालेको थियो l

कोरिया सरकारले मजदुर संगठनको चर्को दवाब पछी बर्षै पिच्छे मजदुर नियम कानुनहरु परिबर्तन गर्दै आइरहेका छ l यद्यपी सरकारले मजदुरको हकहितमा कानुन बनाउन  समय कर्चिएतापनि रोजगार दाताहरुले नियम पालना नगरेका गुनासाहरु भने बाहिरिने गरेका छन l

प्रतिक्रियाहरू