आनन्द कार्की एकल साँझ शनिवार दोङ्गदेमुनमा भब्य हुदै

324

कोरियाको राजधानी सउल स्थित दोङ्गदेमुनमा रहेको नमस्ते रेष्टुरेण्टमा शनिवार साँझ आनन्द कार्की एकल साँझ भब्य हुने भएको छ । कोरिया भ्रमणमा रहेका आनन्द कार्कीलाई कोरियामा रहेका नेपालीहरुले कार्यक्रम राख्न अनुरोध गरेपछि आनन्द कार्की एकल साँझ कार्यक्रमको आयोजना गरिएको हो । गायक कार्की आइतवार नेपाल फर्कने कार्यक्रम भएपछि कार्यक्रम शनिवार साँझ आयोजना गरिएको नमस्ते रेष्टुरेण्ट सञ्चालक लक्ष्मण बोगटीले बताउनु भयो । गायक कार्कीको आज साँझ जेजुदोमा एकल साँझ कार्यक्रम रहेको छ ।

शनिवार साँझ ७ बजेबाट शुरु हुने कार्यक्रममा गायक कार्कीका सुमुधर गीतहरु रहनेछन् भने कार्यक्रमलाई गीतकार तथा उद्घोषक प्रकाश बाबु थापाले सञ्चालन गर्नुहुनेछ । गायक कार्कीका बनमा फुल्यो फूल, जनम जनम, विहानी पहिलो किरण, लाग्छ मन हेरिरहू, यी हल्लाहरु हुन लगायत धेरै गीतहरु चर्चित छन् ।
कार्यक्रममा दर्शकले आफ्नो रोजाईको गीतहरु पनि अनुरोध गर्न सकिने ब्यवस्था गरिएको छ ।

कार्यक्रममा स्टार रेमिटको सेवा पनि

दक्षिण कोरियाको सुन्दर पर्यटकिय शहर जेजुदोमा मेलोडी किङ्ग मेघास्टार आनन्द कार्कीको एकल साँझ हुने भएको छ । जेजु स्थित मिराकल होटलमा शुक्रवार साँझ ६ बजे देखि कार्यक्रम शुरु हने आयोजक कमिटी जेजु नेपाल कमिटीले जनाएको छ ।
कार्यक्रममा कमिटीले जेजु स्थित सम्पुर्ण नेपालीहरुलाई उपस्थित भइदिनका लागि अनुरोध गरेको छ ।

साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।

प्रतिक्रियाहरू