आनसानमा श्री स्वस्थानी पूजा समापन कार्यक्रममा हुदै, कार्यक्रममा स्टार रेमिटको सेवा पनि

352

बिदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना गर्ने महान उद्देश्यका साथ कोरिया स्थापना भएको सनातन साहित्य संगित साधना समूह (पाँच स) दक्षिण कोरियाले स्थानी ब्रतकथाको बिधिबत् पूजाअर्चना सहित समापन (स्वस्थानी साँगेता) मा कोरियामा रहेका नेपालीहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरेको छ ।

यहि आउदो फेब्रुअरी २४ तारिख आइतवारका दिन आनसान स्थित कान्तिपुर रेष्टुरेण्टको हलमा विहान ८ : ४५ बजे कार्यक्रम सुरु हुने पाँच सले जनाएको छ । २०१९ जनवरी २१ तारिख (२०७५ माघ ७) सोमबारका दिनदेखि दैनिक रुपमा अनलाईन लाईभ बाचन गर्दै आइरहेको थियो । स्थापना काल देखिनै यस समूहले नेपाली चाडपर्व तथा संस्कृति झल्कने बिबिध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा स्टार रेमिटको सेवा पनि

साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।

प्रतिक्रियाहरू