आफ्नो जिवनसंगीनी प्रति समर्पित एक युवाले परदेशबाट लेखे यो गीत

883

 

मीठो बात गरीदेउ मेरी प्रियसी

तिम्रै यादमा जलिराछु म त परदेशी

 

मनमा खेल्छ तिम्रै कुरा सञ्चै छौ कि छैनौ भनी

खायौ कि त भोकै छ्यौ साँझ बिहानी

भनि देउन मेरी माया, मेरी प्रियसी

तिम्रै पिरले पागल छु म त परदेशी

 

सुनाई दिनु मेरो खबर आफन्त र घर गाँउलाई

चाँडै श्वदेश फर्की आँउछु, मीठो शुन्दर सपना सजाई

मेरी नुमा, मेरो संसार, मेरी प्रियसी

तिम्रै यादमा घायल छु म त परदेशी

 

मीठो बात गरिदेउ मेरी प्रियसी

तिम्रै यादमा जलिराछु म त परदेशी

 

लेखक: सुरज राई

ताप्ली-४,उदयपुर, हाल- दक्षिण कोरिया

 

 

 

 

 

 

 

 

प्रतिक्रियाहरू