आमा! बाॅचियो! फर्कन्छु अव घर!

614

हजुरआमा भन्नुहुन्थ्यो “बाबु तँ जन्मिदा मकैको खोईला जत्रो थिईस।”मेरा बा भन्नुहुन्थ्यो “तिमि कुल देवताको आशिर्वादले बॉचेका हौ”।मेरी आमा अझै भन्नुहुन्छ “मैले १७ बर्षको कुरकरे बैशं नॲाउदै जन्माकि हुॅम।हुनाको आत्तुरी हुन्छ तॅलाई ।काॅहा नौ महिना बसिस र गर्भमा।७ महिना पुरा भएपछिको कोषाको घाउ होस।गर्भै देखि पर्खने बानी काॅहा छ र? मेरो न्यानो माया दसधारा दुधले बँचाको हो बुझिस?चुहुनी पहरो ठोक्किएर आवाज आए जसरी आमाका यि बाणिहरु मेरा कानमा गुन्जीरहेको छ।

छिमेकि ठुला बा आमाहरु भन्नु हुन्थ्यो हाम्रो झारफुक पद्दतीले बँचाको हो।गॉउका खुईले डाक्टर(केस गुरुङ) भन्थे मेरो दवाई र ईन्जेक्सनले बँचाको हो।गाॅउ समाजका अग्रजहरुको पुकार कुल देवताले सुनिदिए भन्थे।उॅहाहरुमा मॅया ममताको मेरो निरन्तर सम्मान छ।हो मेरा शरिरमा कैयौ दागहरु छन।यि खतहरुले मलाई मेरो जिवनको याद दिलॉउछन।म यि खतहरुलाई औधि माया गर्छु।यिनले मेरो जिवनभर साथ दिईरहने निश्चित छ।

गोलीगॉठा निरको खत रातमाटाको पँधेराको पानी बोक्नेक्रममा भएको हो।घुँडामा लामो खत छ जुन बेला बेलामा उकल्चिन्छ त्यो पिडॉल्नातिर भैसि चराउन जॉदाको हो।कतै मसिना टाटेपाटे खतहरु छन ति बिफर दादुरा माहामारीका अवशेष हुन।कतै चेप्टा दाना जस्ता छन ति ठेउला लुतो पिलो खटिराका हुन।हत्केला र औलाहरुमा त अनगिन्ति खतहरु छन ।ति सवै तल्लाखन्न लाम्पातेमा घॉस काटताखेरीका हुन।नाडिमा ठुलै दाग छ जुन सादरेमा हलो जोत्नि क्रममा अनौ फुत्केर ठोक्किदाको हो।दाईने ऑखॉको परेली नजिकको चराकारको दागनै दागहरुको जेडदाइ हो जस्तो लाग्छ।जस्ले मलाई धन्नै मेरो ऑखाको ज्योति गुमाई दिएको थियो यो पानी घट्टमा असारमा गँहु पिस्न जॉदाखेरीको हो।टाउकोमा केहि टुटिल्का अनुहारमा केहि चिथोरिएका हल्का दागहरु छन।यि मेरा बाल हितैषि मित्रहरुसँगको परिचय हुन ।जस्ले मलाई बडो आनन्दको अनुभुति दिलॉउछन।

कति गहिराई छ ।काॅहा नाप्न सकिन्छर?म आज सात समुन्द्र पारी छु ।मेरी आमाले न्वारनमा लगाएको भोटो टोपि मुदुसमा सुरक्षित राख्नु भएको छ।अहो !मैले यो धर्तिमा लाएको त्यो बस्त्र देखेर बिद्या विवेक कति खुसि हुॅदा हुन। मेरो नाभि ॲगेनामा गाडेर खानी बेलाॅ टुप्पलुक्क आईपुगोस भन्ने कामना गर्ने मेरी आमाको बिश्वासको सगरमाथा कहिल्यै डगमगाएन।

आमाले ॲागनमा गुन्द्री ओक्ष्याएर पातलो थाङनो माथि पारिलो घाममा सुकाएको मान्छे हुॅ म।टुसुक्क बसेर दुई घुॅडामाथि राखेर तै तै वावु भनेर तालु मिजेर तोरीतेलले चुप्रिएको पो हुॅ।चहै चहै गरेर ओभानो कोर्कोमा मच्चिएको हुॅ।रोटो,पिठो,आटो,ढिंडो,खिर,खिर्चो,खस्रो ,चाम्रो मिठो,मसिनो,सल्लबल्ल के खाईन मैले?मेरा बर्सौटे ६वटा भाईबैनीलाई आमाले त्यसै गरिन।मेरा दुई ॲाखाले देखे।मलाई दुध खुवाउन कति उकालो उक्लिईन।कति ओराली झरीन लेखोपाखो छैन।मेरो बिठ्याॅईले कति गाली खाईन।कति कुटाई खाईन।मेरा गल्ति ढाकछोप जीवनभर कसैले गर्छ भने पहिलो नंवरमा मेरी आमा हुन्छिन।

जीवनमा जति चोटहरु खाॅए।जति दागहरु लाए।यि सवै मेरै कारणले लाए।आमाको कारणले लागेको एउटा चोट खत भैदिएको भए ।त्यो खत चोटलाई म दिनहुॅ सपर्श गर्थे होला।कसैले नसोध्ने यि दागहरुनै जिवनका संघर्षका कथा हुन।यिनै चोटहरु मेरो इतिहासका किनाराका सॉक्षि हुन।हरेक चोटहरुको सामना म मुस्कानका साथ गर्न रुचाउछु।अव चोटहरुले पिरोल्दैन मलाई।मलाई मेरी जिबित परमेश्वरी देवि भगवतीको साक्षत रुप आमाको आशिर्वाद छ।

गत जनबरीदेखि फैलिएको कोरनाको संत्रासले मेरी आमाका ॲाखा ओभाना छैनन।संसार कहाली लाग्दो गरेर फैलिएको कोभिडनामक शत्रुले कोरियामा २७८ जना मानव आहार बनायो।१०हजार ६सय ९४जनालाई समायो।५०/६०हजार नेपाल आमाका एउटा छोरी छोरालाई पनि समाउने हिम्मत समेत गरेन।मेरी आमाले जस्तै सवै नेपाली आमाहरुले गरेको बालकको हेरचाहा र बिकासको अभ्यास नै एस्ता भाईरसप्रतिरोधि कार्य त थिएनन।म आकाशका तारा तिर हेरेर घरिघरी घोरिन्छु।

आमा औसिंको दिन सम्म दक्षिण कोरियाले कोरना कोभिड बिरुध्दको लॅडाई लगभग जितिसकेको छ।घोषणा हुन बाॅकि छ।४ महिनाको सकसपुर्ण अवस्थाबाट बाहिर निस्केर म आज चर्को स्वरले कराई रहेको छु।आमा ! बाॅचियो अव ! फर्कन्छु अब घर!

प्रतिक्रियाहरू