आहा ! कोरियाको धान खेत

717

धान झुलेको छ, कॉजाम कॉजाम भैरन्छ मन डुलेको छ गितले भनेझै कोरियाको धान खेत किसानको सुख र नेपाली किसानका दुख:संझेर त्यसै बिरक्ति लागेर ऑउछ।मैले एक तमासले हेरीरहेको छु।सोचिरहेको छु।हाम्रो देसको कृषि र कोरियाको कृषिको अभ्यास देखेर टाउको धान्नै नसकेर थोरै बॉयॉ तेर्स्याएर दाईने हातले धानेको छु।के सादरे सिम्लेमा यसरी धान काटिएला? कठै ! अभागि लामपाते र बोरेटेका गराहरुमा कहिल्यै यि मेशिनको पाईलो पर्ने छैन होला?देसका झापा सुनसरी लगाएतका तराईका जिल्ला र पाहाडि खोँच उपत्याकहरुमा त तत्कालै यि मेशिन लगेर धान काटन संभव छ।जॉहा मग मग बासना आउनी पोखरेली जेठोबुढो धान फल्थ्यो त्यॉहा भुमाफियाले प्लटिङ गरेर कंक्रिटको मरुभुमि बनाई सके।

कृषि सम्बन्धि इतिहास हेर्ने हो भने धान खेती सबै भन्दा पहिला चिनमा भएको भन्ने एेतिहासिक दस्तावेजले देखाउछ।
यता सिन्दु/सिन्धु सभ्यताकालमा यो क्षेत्रको खेति मकै,गहु,जेो,जुनेलो अादि इत्याती देखाउछ अर्थात धान खेती सुरू भएकै थिएन।संसारमा भएका सामाजिक क्रान्ति पछि हरित क्रान्ति भयो त्यसपछि मात्र औद्योगिक क्रान्ति भएको बिश्व ईतिहास रहेको छ।

हामि नेपालीको मुख्य खाना भात हो।तराई मधेस या पाहड उच्च हिमाली क्षेत्र बाहेक नेपालमा बिभिन्न प्रजातीका रैथाने धान बाली लगाईन्छ।कोरियनहरुलाई पनि अरु जे जति खाएनी भात नभै हुदैन।तरकारी मासु नसकेर फाल्दा पनि हुन्छ भने भात फाल्ने मानिसलाई नराम्रो मान्ने संस्कृति रहेको छ।

कोरीयामा हामिलाइ नौला लाग्ने कुराहरूको जानाकारी दिन मन लायो। बिउ प्याकेटमा उमारेको १२ दिनमा तयार हँदोरहेछ।तल्लो गराको पानी खोलेर उपल्लो गरो खेत रोप्ने प्रविधि अनि एउटै मानिसले मेसिनबाट एकै छिनमा रोपिने रोप्न भन्दा करीब ३ दिन अगाडी तयार गरेर राख्ने(बासी) ५वटा तान्द्रा विउ एकै ठाँउमा रोप्ने। अाली नलाउने समाहा सँधै एउटै राख्ने झारपात भएमा झारपात मर्र्ने धानलाइ मल हुने दबाइ छर्र्ने।हिलोमा जाँदा साप्रो सम्म अाउने रवरका जुत्ता लगाउने।छेउ कुना नखन्ने तर हिलो माटोले पुर्र्ने।केहि मिलाउनु पर्र्यो भने बेल्चाले खन्ने गरिदो रहेछ। मल पनि मेशिनले छर्र्ने।खेतका गरा जग्गा अनसार जत्रो बनाउन सकिन्छ बनाएका छन भने बाटो बिजुली र सिँचाइको लागि खेतमा बिशेष व्यवस्था हुनै पर्र्छ यि खेत हुनका लागि पुर्र्वाधार नै हुन।नेपालमा दलालहरूले घडेरी बेच्नलाइ गरेको प्लटिङ जस्तै हुनुपर्र्दो रहेछ खेत। हाम्रो कुन पुस्ताले बनाएका खेत हुन अर्र्को पुस्ताले बरू अंशबन्डा गरेर सानो बनाएका छन यसलाइ उत्पादनसिल बनाउने तिर पटक्कै ध्यान छैन अनि कसरी हुन्छ दिगो बिकास?

यतिखेर कोरियामा धान काटने बेला भको छ।हजारौ मुरी धान परालको व्यवस्थापन एकैदिन गरेर भ्याईन्छ।न खेताला,न निईन,न कुनियो,नँ दॉई न दमेरा,न टौवा,न भारी न भकारी ।हेर्नुस त एकै दिनमा सवै काम खँलास।कृषिमा यान्त्रिकरणको प्रयोगले जीवनस्तरमा ल्याएको यो परिबर्तन लोभ लाग्दो छ।
कातिक मंसिरका दुई मैना कष्टपुर्ण श्रम गरेर बालि थन्काउने नेपाली किसान खेति गरेरै बॉच्ने हालतमै छैनन।बिचौलिया र सरकारी अनुदानको दुरुपयोगका कारण नेपालको कृषि थला परेको छ।नेपालका धेरै ठॉउ धान खेतिको लागि उर्वर छन।कोरियामा एक खेति मात्र गर्न सकिन्छ भने नेपालमा सिँचाई भएका ठॉउमा २पटक धान र गँहु या तोरी ३खेति गर्न सकिन्छ। जॉहा पनि एउटै क्षमतामा उत्पादन हुनि अचम्मै लाग्दछ।जति जमिनमा जति उत्पादन हुनुपर्ने हो तेति हुनै पर्नि नभए कृषक अयोग्य भईने।सिचॉई,मल बिउ शिफारिस मात्रामा हाल्नै पर्नि कारणले देसभरका खेतमा एउटै उत्पादन भएको देखियो।
प्रश्न केवल सरकारलाई मात्र छैन।एकातिर बॉझो खेत छ अर्कोतिर भोको पेट छ।आफ्नो खेत बॉझो राखेर सुखि नेपाली भईयो।अरुदेसमा युवायुवती काम गर्न पठाएर देस सम्बृध बनाउने सपना साकार होला?अईलेनै यान्त्रिकरणको चमत्कारीक ब्यवशायिक धान उत्पादन र भण्डारण सवै ठॉउमा गर्न सकिदैन तर हाम्रो कृषि अव दुखि गरिबको गित बन्नु हुदैन।प्रकृतिले नेपालीलाई पुगेर बेच्ने हैसियत दिएको छ यसको ब्यवशायिकतामा जोड दिएमा भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू