Home प्रमुख समाचार इथेवन घटनामा परि ज्यान गुमाउनेहरूका कपडा, जुत्ता सहितका समान राखियो संग्रालयमा

इथेवन घटनामा परि ज्यान गुमाउनेहरूका कपडा, जुत्ता सहितका समान राखियो संग्रालयमा

0
इथेवन घटनामा परि ज्यान गुमाउनेहरूका कपडा, जुत्ता सहितका समान राखियो संग्रालयमा

दक्षिण कोरियामा गत शनिवार इथेवन घटनामा परि ज्यान गुमाउनेहरुका कपडा जुत्ता , चस्मा ,ब्याग सहितका समानहरु पहिचान गरि संग्रालयमा राखिएको छ l

राजधानी सिओल नजिकै रहेको इथेवन सहरमा गत सनिवार साझ ह्यालोविन फेस्टिवल मनाउन जम्मा भएका मानिसहरुको भिडमा च्यापिदा निसासिएर १ सय ५६ जनाको मृत्यु भएको थियो भने १ सय ५१ जना घाइते भएका छन l मृत्यु हुनेमा अधिकांस २० बर्ष आसपासका युवा युवतीहरु छन l

साघुरो गल्लीमा दशौ हजार मानिसहरुको भिडभाड हुदा बिचमा परेका मानिसहरु निसासिएर मरेको प्रहरीको अनुशन्धानले देखाएको छ l

दक्षिण कोरियाको भिड ब्याबस्थापना गर्ने क्षमाता एकदमै कमजोर रहेको कारण कलिला युवायुवतीले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै विश्व समुदायले आलोचना गरेको छ l

यसैबीच आन्तरिक मामिला मन्त्री , सिओल मेयर , प्रहरी प्रमुख लगाएतले प्रशासनको गम्भीर कमजोरीका कारण दुखत घटना भएको भन्दै माफी मागेका छन् l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here