इलामलेली समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला

619

इलामेलि समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन आइतवार सउलको दोगंदेमुन स्थित दर्शन नमस्ते सभाहलमा  सम्पन्न भएको छ । अध्यक्षमा केदार निरौला सहित १५ जनाको नव कार्यसमिति सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ। त्यसैगरि वरिष्ठ अध्यक्षमा पबित्रा थेबे,उपाध्यक्षमा क्रमश: महेश थापा,भवानी घिमिरे,लिला खतिवडा महासचिवमा बालकुमार राइ सचिवमा उपेन्द्र निरौला कोषाध्यक्षमा सुदिप फागो सह-कोषाध्यक्षमा रमा कार्कि सदस्यहरू क्रमशः राजकुमार गुरूंग,चन्द्र कान्त दुलाल,सुजन राइ, अर्जुन श्रेष्ठ, भिम बिराज शंकर र विशाल जवेगु  नव कार्यसमिति चयन भएका छन ।

अधिवेशन पुर्वान्चल सरोकार समाजका अध्यक्ष अमृत राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सुर्योदय र हरियालि इलामेलिहरूको पहिचान! पर्यटन प्रवर्द्धन र समाजसेवा हाम्रो अभियान!! मुल नारा बोकेको यस इलामेलि समाजले विशेषत कोरियामा रहेर यस संस्थाले स्थापना काल देखिनै कोरियामा विभिन्न समस्यामा परेका नेपालिहरूलाइ सहयोग तथा उद्दार गर्दै आएको छ। साथै नेपालमा पनि विभिन्न दुखमा परेका व्यक्तिहरूलाइ सहयोग र समाज सेवा गर्दै आएको छ।

प्रतिक्रियाहरू