ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण (नतिजा सहित)

0
9024

सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यो वर्ष  ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

-- Ad --


उत्तीर्ण मध्ये उत्पादन मुलक क्षेत्र तर्फ ५ हजार २८ जना रहेका छन् भने बाँकि २ हजार ९ सय ६८ जना कृषि तर्फ छन् l भाषा परिक्षामा उतिर्ण भएका हरुको आगामी प्रक्रिया बारे थप सूचना प्रकाशित हुने एचआरडी कोरियाले बताएको छ l यो पटक उतीर्ण हुनेकोले शिप परिक्षण (Skill Test) दिन नपर्ने जनाइएको छ l

 

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस l

https://drive.google.com/file/d/1TRGSz36u2IQsn1itWYT14LeGmFRqtRMb/view

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here