उकालो लाग्दै कोरियन वन

4919

केहि महिनादेखि अमेरिकी डलरको तुलनामा निरन्तर ओरालो लाग्दै आइरहेको कोरियन वन यो हप्ता केहि सन्तोषजनक देखिएको छ l
गत सोमबार अन्तिम पटक प्रति १  डलर बरावर ११ ५९.२० वोनमा कारोबार भएको छ  l अधिल्लो हप्ताको तुलनामा यो बृद्वी ६.४ वोनले बढी हो भने गत  सेक्टेम्बरको अन्तिमको तुलनामा ३७ वोनले बढी हो l

अमेरिका र चिन बिचको व्यापारिक बार्ताको कारण कोरियन वोनमा केहि सुधार आएको आर्थीक  विश्लेषकहरु बताउछन l गत अगष्ट १३ तारिखमा  १ डलर बराबर १२२२.२ वोन सम्म पुगेको थियो l

उक्त समयमा चीन र अमेरिका बिचको व्यापारिक युद्वले उत्कर्ष लिदै थियो l  चीन ,दक्षिण कोरियाको मुख्य छिमेकी व्यापारिक केन्द्र हो  l चीन तथा अमेरिका संगको ब्यापारनै दक्षिण कोरियाकोलागि  बलियो अर्थ आधार  मानिन्छ l

प्रतिक्रियाहरू