उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमणमा आतुर रहेको भन्दै पठाए पत्र

638

पछिल्लो समय दुइ कोरियाको सम्बन्ध  केहि सुधारोन्मुख रहेको बेला  उत्तर कोरियाली नेता किम जोङ उनले  दक्षिण कोरियाको भ्रमणमा आफु इच्छुक रहेको बताएका छन् l आइतबार  दक्षिण कोरियाली रास्ट्रपति मुन जे इन लाइ पत्र लेख्दै  नेता किमले सन् २०१९ भित्रै  आफ्नो भ्रमण तय हुने बताएका छन् l यद्यपी भ्रमणको मिति भने पत्रमा उल्लेख गरिएको छैन  l
राष्ट्रपतीय कार्यालयलाइ उदृत गर्दै कोरियाली संचार माध्यम योंघापकाले लेखेको छ कि नेता किमले दक्षिण कोरियाको भ्रमणमा रहदा कोरिया प्रयाद्विपमा देखिएको तनाबलाइ अन्त्य गर्ने ,  स्थाई शान्तिको प्रक्रियालाइ अगाडी बनाउने तथा निशास्त्रिकरण सम्बन्धि महवपूर्ण मुद्वामा छलफल गर्ने छन् l उनको यसपटकको भ्रमण राजधानी सियोलमा मात्र रहने छ l

नेता किमले दक्षिण कोरियाका राष्ट्रपतिलाइ लेखेको पत्र यो दोस्रो हो l  गत फेब्रुरीमा आयोजित प्याङ्गचाङ सिताकलिन ओलम्पिकमा उनको  बहिनि तथा वर्कर्स पार्टीका उपनेता दक्षिण कोरिया आउने क्रममा पहिलो पत्र लेखेका  थिए l

 

 

प्रतिक्रियाहरू