उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

953
उत्तर कोरियाले यसै हप्ता गर्न लागेको आणविक परिक्षण उत्सब पुङ्गे री को लागि समाचार संकलनमा जाने बिदेशी पत्रकारहरु संग भिषा बापत १० हजार अमेरिकी डलर मागेको छ l उत्तरले यसैहप्ताको बुधाबार देखि सुक्रबार सम्म आणविक उत्सबको आयोजना गर्ने भएको छ l

जसका लागि दक्षिण कोरिया ,चिन,अमेरिका ,बेलायत ,रसिया लगायत विश्वका शक्तिशाली राष्ट्रका पत्रकार हरुलाई समाचार संकलनको लागि आब्हान समेत गरेको छ l तर कुन देशको लागि कति कोटा भन्ने छुट्टाएको छैन l दक्षिण कोरियाले चर्चित ब्रोडकास्ट एमबिसीका संचारकर्मी पठाउने तय गरेतापनि भिषा शुल्क तोकिएपछि अन्योलमा परेको यहाको राष्ट्रिय मिडियाले जनाएको छ l यधपी उनीहरु सोमबार नै बेइजिंग पुगेका छन l यता उत्तरले भने मंगलबार ११ बजे सम्म बेइजिंङ् दुतावासमा पुगी भिषा शुल्क बापत १० हजार डलर बुझाउने पत्रकार लाइ मात्र प्रवेश दिने जनाएको छ l बिबिसी ,सीएनएन लगायतका संचारकर्मीलाइ समेत समाचार संकलनको लागि निमन्त्रणा गरिएको भएतापनि उनीहरुले समेत तोकिएको शुल्क बुझाउनु पर्ने बताएको छ l

प्रतिक्रियाहरू