उत्तर कोरियाले स्थापनाको सत्तरीऔ दिवस लामो दुरी मिसाइल प्रदर्शन विना मनाउदै

0
869

उत्तर कोरियाले आफु आणविक निशस्त्रीकरणका लागि प्रतिबद्ध रहेको प्रमाण पुनः पेश गरेको छ । आफ्नो सत्तरीऔं स्थापना दिवसको परेडमा ब्यालेस्टिक मिसाइल प्रदर्शन नगरेर उत्तर कोरियाले निशस्त्रीकरणमा प्रतिवद्ध रहेको सन्देश विश्वसामु प्रस्तुत गरेको छ । परेडमा उपस्थिति भएपनि नेता किम जोङ उनले पनि परेडलाई सम्बोधन नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । परेडमा चिनियाँ संसदका प्रमूख सहित उत्तर कोरियासँग मित्रता रहेका मुलुहरुका उच्च पदस्थ अधिकारीको सहभागीता थियो । सभामुख किम योङ नामले परेडलाई सम्बोधन गर्दै आणविक शक्ति भन्दा पनि आर्थिक उद्धेश्य मुलुकको प्रमूख एजेण्डा रहेको बताए । परेडमा केहि अत्याधुनिक ट्याङ्क लगायत सैन्य सामाग्री प्रदर्शन गरिएको छ ।
गत जुनमा सिंगापुरमा भएको आणविक निशस्त्रीकरणको वार्तापछि सहज बनेको दुई देशबीचको सम्बन्धमा अमेरिकाको पछिल्लो अडानले समस्या आरहेको समयमा उत्तर कोरिया भने आणविक निशस्त्रिकरणका लागि प्रतिवद्ध देखिएको छ ।।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here