उत्तर कोरिया द्वारा ट्रम्प संगको बार्ता समाप्त भएको घोषणा

1599

उतार कोरियाले अमेरिका संगको आणविक निसस्त्रिकरण सम्बन्धि शिखर बार्ता समाप्त भएको घोषणा गरेको छ l उत्तर कोरियाली कुटनीति नियोगका उच्च अधिकारीले  शुक्रबार प्योङयांगमा भएको एउटा बिदेशी  पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन l
समाचार एजेन्सी योंघापका अनुसार पत्रकार सम्मेलनमा बोल्दै उत्तर कोरियाली उप – विदेश मन्त्रि चिओ सोन-हुईले भने, “प्योयाङङले अमेरिकी मागलाइ पुरा गर्नु पर्ने कुनै आबस्यकता छैन lअमेरिकाले फेब्रुरी  २७  र २८ मा हनोईमा भएको शिखरमा बार्तामा सुनौलो अबसर गुमायो ”
त्यस्तै दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले प्रतिक्रिया दिदै सरकारले कुनै पनि परिस्थितिमा अमेरिका  र उत्तर कोरिया बीचको वार्तालाई अगाडि बढाउने प्रयासहरू  जारि राख्ने बताएको छ l

यद्यपी उत्तर कोरियाले आगामी दीनमा   परमाणु र मिसाइल विकास कार्यक्रम लाइ   पुन: सुरुवात गर्ने वारे कुनै औपचारिक निर्णय  भैनसकेको बताएको छ l

अन्तिम पटक भियतनामको हनोईमा भएको ट्रम्प र किम बिचको  शिखर बार्ता ,कुनै निस्कर्षमा नपुगी निर्धारित समय भन्दा पहिला समाप्त भएको थियो l
डोनाल्ड ट्रम्पले ,   बार्तामा नेता किमले उत्तर कोरिया माथि लागेको  प्रतिबन्ध  पूर्ण रुपमा फुकुवा गरे आंशिक रुपमा आणविक हतियार नष्ट गर्न तयार रहेको बताएका थिए l
उत्तर कोरियाले भने  मानिसको जीवन यापन संग प्रतक्ष्य  सरोकार राख्ने  बिषय हरुमा  प्रतिबन्ध पूर्ण रुपामा फुकुवा गर्नु पर्ने माग राखेको बताएको छ l

प्रतिक्रियाहरू