उत्तर कोरिया द्वारा पुनः छोटो दुरीका २ वटा मिसाइल परिक्षण

417

उत्तर कोरियाले पुनः अर्को २ वटा छोटो दुरीका मिसाइल परिक्षण गरेको छ l बिहिबार बिहान ५ बजेर ५४ मिनेट देखि ५ बजेर ५७ मिनेटको बिचमा उक्त  मिसाइल परिक्षण गरेको हो l

पूर्वी  तट वान्सन् सहर देखि परिक्षण गरिएको उक्त मिसाइलले ५० किलोमिटरको उचाई बाट ४ सय ३० किलोमिटरको दुरी पार गरेको संयुक्त सैन्य प्रमुख लाइ उधृत गर्दै दक्षिण कोरियाली संचार माध्यमहरुले जनाएका छन् l

उत्तर कोरियाले गत मे महिनाको पहिलो साता पनि छोटो दुरीको मिसाइल परिक्षण गरेको थियो l उक्त परिक्षणको ७८ दीन पछी पुन अर्को मिसाइल परिक्षण गरेको बताइएको छ l

गत जुन ३० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुइ  कोरियाको सिमा क्षेत्र पामुन्जोममा उत्तर कोरियाली नेता किम जोंङ उनलाइ भेटेका थिए l उक्त भेटमा निसश्त्रिकरण सम्बन्धि बार्ताको लागि दुवै नेता तयार भएको बताइन्छ l
उक्त भेताबार्ताको १ महिना नपुग्दै उत्तर कोरियाले पुनः मिसाइल परिक्षणलाइ निरन्तरता दिएको छ l

प्रतिक्रियाहरू