उत्तर कोरिया संगको दोश्रो बार्ताको निमित्त अमेरिकी बिसेष दुत स्टेफन बेईगुन आइताबार दक्षिण आइपुगेका छन् l उनि यहि महिनाको अन्त्यमा हुने वासिंगटन र प्योङयाङ बिचको शिखर बार्ताको अन्तिम तयारिको निमित्त दक्षिण कोरिया आइपुगेका हुन् l
दक्षिण कोरियामा रहदा बेईगुन उत्तर कोरिया बिसेष शक्तिशाली मानिने किम ह्योक छल संग भेट गर्ने दक्षिण कोरियाली संचार मध्यम योंहापले जनाएको छ l छल स्पेनको लागि पुर्व राजदुत पनि हुन् l भेटमा डोनाल्ड ट्रम्प र किम जोंङ उन बीच हुने शिखर बार्ताको बिसेष एजेण्डाको वारेमा छलफल हुने बताइएको छ l
उनीहरु बीच दुइ कोरियाको सिमा क्षेत्र पान्मुजोम मा सोमवार बिसेष भेट हुने छ l बार्ताले उच्चस्तरीय शिखर बार्ताको निमित्त प्योङयाङ लाइ तय गर्न सक्ने सम्भावना रहेको समेत बताइएको छ l यद्यपी ट्रम्पले भने यहि फेब्रुरीको अन्तिममा हुने शिखर बार्ताको लागि भियतनामलाइ उपयुक्त स्थानको रुपामा प्रस्ताव गरेका थिए l
आइताबार कोरिया आइपुगेका बेईगुनलाइ इन्छन विमानस्थलमा स्वागत गर्दै आगामी दीनमा उत्तरकोरिया प्रति अमेरिकी नीतिको वारेमा प्रश्न गरिएको थियो l बेईगुनले दक्षिण कोरियामा रहदा उतार कोरियाली उच्च आणविक दुत ली दो हून संग पनि भेट गर्ने छन् l
विश्वकै शक्तिशाली मानिने डोनाल्ड ट्रम्प र किम जोङ् उन बीच गत बर्ष जुनमा पहिलो शिखर बार्ता सिङ्गापुरमा भएको पहिलो बार्तामा बनिशात्रिकरण तथा कोरियाली प्राद्विपमा सुरक्षा ग्यारेन्टी सम्बन्धि छलफल भएको थियो l
एजेन्सी