उल्लेख्य दर्शकका बीच राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान कोरियाको देउसीभैलो कार्यक्रम सम्पन्न

857

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान,देउसी भैलो  कार्यक्रम सम्पन्न गरेको छ l  गत आइतबार राजधानी सियोल स्थित नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य नेपालि हरुको सहभागिता रहेको थियो l


छोटो औपचारिक कार्यक्रमको   समाप्ति लगत्तै आयोजना गरिएको देउसी भैलो सांगीतिक कार्यक्रममा उपस्थित दर्शक हरु खुलेरै नाचेका थिए l कोरियामा रहेका स्थानीय कलाकार हरुले आ – आफ्नो प्रस्तुति राख्दा कार्यक्रम हलको माहोल पूर्णतया सांगीति बनेको थियो l प्रवासमा रहेता पनि आफ्नै मौलिक कला संस्कृतिमा रमाउन पाउदा आफु नेपालमै भएजस्तो अनुभब भएको बताउदै उपस्थित दर्शकहरूले  यस्तो माहोल जुटाउने आयोजको खुलेरै प्रसंसा गरेका थिए l


आफ्नो मौलिकता ,कला ,संस्कृति लाइ प्रवासमा समेत उजागर गर्ने उदेस्यका साथ  करिब डेड महिना पहिला स्थापना भएको यस संस्थाले कोरियामा रहेका स्थानीय   कलाकारहरु लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थितिका मा आयोजना गरेको यो पहिलो कार्यक्रम हो l
जितेन भाई श्रीस मगरको सभापतित्व ,एन आर एन ए कोरिया  अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता  ,तथा आर के पौडेलले सन्चालन गरेको उक्त कार्यक्रम रमिला गौतमको स्वागत मन्तव्य सङ्गै शुरु भएको थियो l कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए  भने केहि समाजसेवी हरुले आर्थिक सहयोग रकम समेत  घोषणा गरेका थिए l

प्रतिक्रियाहरू