उल्लेखनीय दर्शक बीच गुल्मी सम्पर्क समिति कोरियाले मनायो तीज बिसेष कार्यक्रम

0
1319

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा तीज बिसेष कार्यक्रम सम्पन्न भएको छ l गत आइतबार कोरियाको राजधानी सियोलमा आयोजना गरिएको उक्त हरितालिका तीज बिसेष तथा  दर खाने कार्यक्रममा उल्लेखनीय दर्शकको उपस्थिति रह्यो l
उपस्थित दर्शक हरुलाई नेपाल बाट आएका राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय कलाकार हरुले भरपुर मनोरंजन दिएका थिए l कोरियाको थेगु बुसान लगाएत टाढा टाढा बाट समेत दर्शको उपश्थिति रहेको थियो l उपस्थित चेलीबेटी हरुले तीजको बेला परवासमा रहदा पनि माइती घर बिर्साउने बिसेष कार्यक्रमको आयोजना गरि मनोरंजन को माहोल मिलाइदिएकोमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया प्रति आभार प्रकट गरेका थिए l कार्यक्रम बाटआफुहरुले भरपुर मनोरन्जन लिएको समेत उनीहरुको भनाइ थियो l
त्यस्तै ब्यास्तताको बाबजुत पनि टाढा टाढा बाट उपश्थित भै कार्यक्रम लाइ सभ्य र भब्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दर्शक , संघ संस्थाका प्रतिनिधि ,पत्रकार लगाएत  अहोरात्र खट्नु हुने गुल्मेली दाजुभाई तथा दिदीबहिनी हरु प्रति आफुहरु निकै आभारी रहेको आयोजक कमिटि गुल्मी सम्पर्क समितिले बताएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here