एक दशक पछि पहिलो पटक दक्षिण कोरियाको रेल उत्तर कोरियामा

1557

एक दशक पछि पहिलो पटक दक्षिण कोरियाको रेल उत्तर कोरिया पुगेको छ ।उत्तर कोरियासँग रेल सञ्जालको अनुसन्धान र आधुनिकिरणका लागि दक्षिण कोरियाका विज्ञ र सरकारी अधिकारी चढेको रेल उत्तर तर्फ लागेको हो ।

रेल दोरासान स्टेशनबाट आज बिहान नौ बजेर ५ मिनेट जादाँ उत्तर कोरियाको सिमावर्ती शहर खेसङस्थित पान्मुन स्टेशनका लागि छुटेको थियो । विज्ञले उत्तर कोरियाको १२ हजार किलोमिटर रेल ट्रयाकको अध्ययन गर्ने बताइएको छ ।

रेल सञ्जालमा जोडिएपछि एक अर्को मुलुकमा सिमापार यात्रा र व्यापार गर्न सहज हुने अपेक्षा दुइ कोरियाले लिएका छन् । रेल सञ्जाल जोडिएपछि कोरिया प्रायद्धिपमा शान्ति र स्थायित्व सँगै समृद्धितर्फ अगाडि बढने अपेक्षा गरिएकोछ ।

गत अप्रिलमा प्योङयाङमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र किम जोङ उनबीचको ऐतिहासिक शिखर वार्तामा रेल सञ्जाल जोड्ने सहमती भएको थियो । भेटमा किमले आफ्नो देशको रेल सञ्जाल आधुनिकिरण गर्न मुनसँग सहयोगको आग्रह गरेका थिए ।

प्रतिक्रियाहरू