एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक (आर सी ) मा कोरिया बाट केपी सिटौलाको उमेद्वारी

825

आगामी अक्टोबर १५ देखि १७ सम्म  काठमाडौंमा हुन् गैरहेको गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद  एनआरएनएको विश्व सम्मेलन तथा  ९औ महाधिबेशनमा कोरिया बाट केपी सिटौलाको  एसिया प्यासिफिक  क्षेत्रिय संयोजक (आर सी ) मा उमेद्वारी घोषणा भएको छ l
बिगत २७ बर्षदेखि कोरियालाई कर्मथलो बनाउदै आइरहेका सिटौला एनआरएनए कोरियाका संस्थापक समेत हुन l  सन २००६ देखि २००७ सम्म एनआरएनए कोरियाको संस्थापक अध्यक्ष सम्हालेका  सिटौला सन २०११मा पुनः एनआरएनए कोरियाको अध्यक्ष भएका थिए l
सन् २०१३ देखि २०१७ सम्म  एनआरएन आइसीसी प्रतिनिधिको रुपमा २ कार्यकाल सम्हालेका सिटौला हाल एनआरएनए कोरियाका संरक्षक पनि हुन् l  त्यस्तै उनि सन २००२देखी हाल सम्म नेपाल पर्यटन बोर्डका मानार्थ  प्रतिनिधि समेत हुन l
कोरियामा नेपालीहरुको मात्र नभै प्रवासिकै  पहिलो संस्था नेपाली सम्पर्क समिती(NCC)को संस्थपक अभियन्ता तथा हाल संरक्षक रहेका सिटौला  सामाजिक संघ संस्थामा लामो अनुभब बटुलेका प्रखर ब्याक्तित्व मानिन्छन l कोरियामा उनको सामाजिक योगदान  उच्च छ l बिशेष  गरि कोरियन पर्यटन नेपाल भित्राउन उनले गरेको पहल स्राहानिय मानिन्छ l
पछिल्लो समय एनआरएन जस्तो बिशुद्व सामाजिक संस्थामा राजनीति र आर्थिक चलखेल  विरुद्व खरो रुपले प्रस्तुत हुदै आएका सिटौला भन्दछन  ‘ सामाजिक संस्था भित्र देखिन लागेको बिकृति विरुद्वमा लड्ने र सबैले महसुस गर्न सक्ने साझा एनआरएन बनाउनको लागि मेरो उमेद्वारीको आबस्यकता छ ”
कोरियामा रही सामाजिक क्षेत्रमा गरेको योगदानको सहि मुल्यांकन हुनेमा उनि बिश्वस्त छन् l उनले उक्त पदमा आफुलाई  बिजयी गराउन सम्पूर्ण एनआरएनहरुमा बिशेष अपिल समेत गरेका छन l

प्रतिक्रियाहरू