एनआरएनए कोरियाको सचिबमा टंक गौतमको उमेद्वारी घोषणा

1042

आगामी सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एन आर एन ए दक्षिण कोरियाको सातौ अधिवेशन मा रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष टंक गौतमले सचिव को उम्मेदवारी घोषणा गरेका छन् ।

कोरियाको विभिन्न संघ संस्थमा आवद्ध गौतमले एन आर एन ए कोरियालाई पुनर्ताजगी दिन र कोरियामा रहेका आम नेपालीको अपनत्व महसुस हुने गरि अन्य जातीय तथा क्षेत्रीय संस्था हरु सग हातेमालो गर्दै संस्थालाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

बिशेष गरि कोरिया मा रहेका आप्रवासी कामदारहरु को हकहित को पक्षमा बोल्दै देशको आर्थिक तथा भौतिक बिकास का निमित्त ब्यक्तिगत तथा सस्थागत रुपमा विभिन्न क्षेत्रमा लगानी भित्र्याउने उनको योजना रहेको छ ।साथै समाजिक काम को बहाना मा खुलेआम रूपमा भएको भ्रष्टाचार र चरम लापरबाहीका विरुद्ध दबाब मुलक रुपले कलम चलाउदै यस्ता प्रवृत्ति लाई निर्मुल पार्न अथक प्रयास रहने उनको दाबी छ ।

दैनिक रुपमा बढिरहेका अनेकन समस्या हरु लाई दीर्घकालीन रूपमा अन्त्य गर्नका लागि सम्बन्धित निकायलाई दबाब दिन यसपटक हाम्रा लाई हैन राम्रालाई साथ दिएर युवालाई नेतृत्व दिनेमा आफुमा बिश्वास रहेको उनले बताए।

जिम्मेवारी पाएको खण्डमा संस्था को बिधि र बिधान लाई आत्मसात गर्दै संस्थागत हितको निम्ति मन बचन र कर्म ले लागिपर्ने उनको बाचा रहेको छ ।

प्रतिक्रियाहरू