एनआरएनए कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ मा हुने

310

गैर आवासिय नेपाली संघ कोरियाको सातौँ अधिवेशन आगामी अगष्ट १७ र १८ तारिखमा हुने भएको छ। गत शनिवार एसिया प्यासेफिक उपसंयोजक विनोद कुवँरको बिशेष उपस्थितीमा सम्पन्न बैठकले सो निर्णय गरेको प्रवक्ता अशोक मैनालीले बताएका छन् ।

बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गर्दै नविकरण र नयाँ सदस्यता आवेदन मे १० तारिख देखि खुल्ला गरिने र जुलाई ३१ तारिखमा बन्द गरिने एनआरएनले जनाएको छ।

 

प्रतिक्रियाहरू