एनआरएनए कोरिया क्षेत्रगत मतदान केन्द्र राख्न असफल भएपछी जेजु शाखाले राख्यो सदस्यता फिर्ताको माग

264

एन आर एन कोरियाको जेजु शाखाले सदस्यता कार्ड फिर्ता गराउन माग गरेको छ । शाखा अध्यक्ष कोमल प्रसाद प्याकुरेलले कोरिया अध्यक्ष लक्ष्मी गुरुंगलाई पत्र लेखि सो माग गरेका हुन ।

यस अघि एन आर एन ख्यंगसान र जेजु शाखाले संयुक्त रुपमा शाखामा मतदान केन्द्र राख्न माग गरेका थिए ।
यस विषयमा प्रतिकृया दिदै अध्यक्ष प्याकुरेलले भने शुरुमा मतदान केन्द्र हुन्छ भन्ने आश्वासनमा जेजु क्षेत्रका नेपालीले फर्म भरेका हुन सो हुन नसके एन आर एन कोरियाको सदस्यताको कुनै अर्थ छैन ।

उनले लेखेको पत्रमा भनेका छन “भौगोलिक दुरता , समयको अभाव , यातायातको असहजता भएको हुदा जेजु क्षेत्रमा मतदान केन्द्र राख्न जोडदार माग गर्दर्छौ ” । उनले मतदान केन्द्र राख्न नसके आउने जाने व्यवस्था एन आर एन कोरियाले गर्नुपर्ने माग पनि राखेका छन । यी सबै माग पुरा नगर्ने अवस्थामा पञ्जिकृत सदस्यता फिर्ता गराउन माग गरिएको जेजु शाखाका अध्यक्ष प्याकुरेलले जनाएका छन ।शाखाका अध्यक्ष प्याकुरेलले जनाएका छन ।

प्रतिक्रियाहरू