एनआरएनए जापानको महिला उपाध्यक्षमा श्रेष्ठको उम्मेद्वारी घोषणा

924

गैरआवासिय नेपाली संघ एनआरएनए जापानमा चुनावी सरगर्मी बढेको छ । चुनावी रौनककाबीच सामाजिक सेवामा समर्पित सबिता श्रेष्ठले पनि महिला उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । एनआरएनएको विभिन्न गतिविधीमा सक्रियरुपमा लाग्दै आउनु भएकी श्रेष्ठले एनआरएन मार्फत सामाजिक क्षेत्रमा थप शसक्त हुन उपाध्यक्षमा उम्मेद्वारी दिनु भएको हो । जापानमा व्यय सञ्चालन गर्नु भएकी श्रेष्ठले एनआरएन ग्लोबलका नेतृत्वसँग महाभुकम्पले तहसनहस पारेको गोर्खाको बारपाक क्षेत्रमा एनआरएनको आर्थिक सहयोगमा निर्माण गरिएका आवासको अवलोकन गर्नु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठले आगामी कार्यकालका लागि महिला उपाध्यक्षमा जिताउन जापानबाशी नेपालीलाई आग्रह गर्नु भएको छ । उक्त पदमा आफु विजय भए एनआरएनको उद्धेश्य र कार्यक्षेत्रमा रहेर थप सामाजिक कार्य गर्ने, जापानमा दुःख पाएका नेपालीका लागि एनआरएनए जापानको तर्फबाट गर्नुपर्ने काममा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रियाहरू