
दक्षिण कोरियामा लामो समय देखि एनआरएनएको सदस्यता लिई अभियन्ताको रुपमा काम गरेका सदस्यहरुलाई लिस्टबाट हटाइ नयाँ सदस्य तथा आफु निकट मान्छेहरुको नामावली आइसीसीमा पठाएको भन्दै नवौ कार्यसमितिको ब्यापक बिरोध भएको छ l
” प्रतिनिधि छनोटको मापदण्डमा बिसेष गरि , पुर्व पदाधिकारीहरु , बाहलवाला पदाधिकारीहरु , आइसीसी सदस्यहरु , चुनावमा पराजित भएका प्रतिनिधिहरु , क्षेत्रीय पदाधिकारीहरु , बिधान तथा निर्वाचन पदाधिकारीहरु तथा संस्थामा लामो समय देखि सदस्य रही योगदान पुर्याएका ब्याक्तिहरु डेलिगेट प्रतिनिधिको बरियतामा पर्ने गर्दछन l तर एनआरएनए कोरियाले त्यस तर्फ ध्यान नदिइ पुराना सदस्य , यस भन्दा पहिला डेलिगेटमा परेका प्रतिनिधि तथा क्षेत्रिय प्रतिनिधिहरु समेतको नाम हटाइ मनोमानी ढंगले नातावाद र कृपावादको शैलीमा छनोट गरेको छ l त्यो छनोट के आधारमा गरियो त्यसको जवाफ संस्थाले दिनै पर्छ ” हेल्लो नेपाल संगको कुराकानीमा पुर्व आइसीसी सदस्य बिमल सुवेदीले भने l
कोरिया बाट पठाउनु पर्ने १७० जनाको डेलिगेट छनोटमा मापदण्डसमेत तोकिएको छ । जसअनुसार ९० प्रतिशत प्रतिनिधि मापदण्डभित्र परेको र १० प्रतिशत कार्यसमितिले मनोनीत गरी पठाउने ब्यवस्था रहेको छ । तर एनआरएनए एनसीसीले मापदण्डभित्र परेका , लामो समय देखि संघमा काम गरेका अगुवा तथा सक्रिय युवाहरुलाई हटाएर आफ्नो निकटका ब्याक्तिहरुलाई छनोट गरेको आरोप असन्तुस्ट पक्षको छ l
३ कार्यकाल लगातार सदस्यता लिएका एक नेपालीले भने ” मापदण्ड अनुसार बरियाताकै क्रममा हाम्रो नाम समावेस हुनु पर्ने हो तर कार्यसिमितिले पूर्वाग्रही ढंगले हाम्रो नाम हटाएर पठायो l त्यसको विरुद्वमा आइसिसि सचिवालयमा उजुरी दर्ता समेत गरेका छौं ” l
संस्थाले आइसीसीमा पठाएका प्रतिनिधिको नामावली हाल सम्म पनि आफ्नो पेजमा राख्न सकेको छैन भने कोरियाबाट पठाइएको उक्त नामावली आइसिसिले अहिले सम्म पनि पेन्डीङ् मै राखेको छ l
कोरियाबाट पठाएको नामावली यस प्रकार छ l
https://nrna.org/wp-content/uploads/2023/09/2nd_sep_delegate_received.pdf?fbclid=IwAR2w3GRywFReuC7QmROcnjBx8Jm8eipKj6CtrKNSAbiT9IE5I2FA9A14hbk