
आगामी जुलाई ८ र ९ तारिकमा सम्पन्न हुन गैरहेको एनआरएनए दक्षिण कोरियाको नावौ अधिबेशनलाइ सभ्य र भब्य तरिकाले सम्पन्न गराइदिनुहुन निर्वाचन कमिटीले सम्पूर्ण कोरियावासी नेपालीहरुलाई अपिल गरेको छ l
नव गठित निर्वाचन कमिटिका संयोजक गंगाराज राइको संयोजकत्वमा मे २३ तारिक बसेको कमिटिको बैठकले सो अपिल गर्दै निर्वाचन प्रक्रियालाई सभ्य बनाउन आफुहरु पूर्ण रुपमा लागी परेको बताएका छन l
एनआरएनए दक्षिण कोरियाले आइसिसि सल्लाहकार गंगाराज राइको संयोजकत्वमा गाङ्सियो विश्वबिधयालयका सहायक प्राध्यापक डा. टिकाराम अर्याल तथा योंगनाम विश्वबिद्यालयका सहायक प्राध्यापक डा. . इ. ठाकुर ढकालको सदस्यतामा निर्वाचन कमिटि गठन गरेको थियो l
कमिटीले निर्वाचन प्रक्रिया अनलाइन वा अफलाइन कसरि गर्ने वारे हाल सम्म निर्णय नगरेको बताएको छ l
यधपि कोरियामा रहेका अधिकांस नेपालीहरुले अफलाइन निर्वाचन भयो भने एनआरएन प्रति आफ्नो सामिप्यता थप बढ्ने बताउदै आएका छन l