एनआरएन कोरिया र पाचँ ‘ स’कोरियाले दशैँ शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

1161

सौल। गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती(एनआरएन)कोरिया र पाचँ ‘स’ (सनातन,साहित्य,संगीत र साधना समुह) दक्षिण कोरियाको आयोजनामा दशैँको अवसरमा ‘दशैँ शुभकामना आदानप्रदान कार्यक्रम ‘हुने भएको  छ। गत शनिवार सम्पन्न संयुक्त बैठकले यहि  अक्टोवर २१ तारिखमा एन आर एन कोरियाको संयोजन र पाचँ ‘स’को सह-संयोजनमा दशैँ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । दोंदेमुन नजिकै पार्कमा हुने सो दशैँ कार्यक्रममा कार्यक्रममा विभिन्न मनोरञ्जनका कार्यक्रमहरू, दशै विशेष शुभकामना आदानप्रदान तथा टिका–जमरा ग्रहण तथा कार्यक्रम , स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुती सहितको साङ्गितिक झाकी, लठ्ठे पिङ्ग खेल्ने व्यवस्था पनि गरिएको बताईएको छ। दोंम्यो स्टेशनमाबाट बाजा गाजा सहित सामुहिक रूपमा कार्यक्रम स्थल जाने तय भएको बताईएको छ।

प्रतिक्रियाहरू