एनसीसी कोरियाका निबर्तमान अध्यक्ष प्रेम शाहले करौडौं रकम हिना बिना गरेको खुलासा ,संस्थाले निकाल्यो यस्तो बिक्यप्ति

919

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आफ्नो कार्यकाल सकिएको एक बर्ष बितिसक्दा पनि संस्थाको कुनै पनि कागजात ,स्ट्याम्प र आर्थिक हिसाबकिताब बुझाएका छैनन् ।
तत्कालीन एनसीसी कोषाध्यक्ष नेपाल जाने भएपछि सबै आर्थिक कारोबार उनले जिम्मा लिएको र नयाँ कार्यसमितिलाई अहिलेसम्म पनि नबुझाएको बुझिएको छ। गतवर्ष जुलाई महिनामा भएको अधिवेशनबाट अन्जु केसी नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियोे ।उक्त कार्यसमितिको पहिलो बैठक अगष्ट ६ तारिखमा बसेको थियो ।उक्त बैठकमा निवर्तमान अध्यक्ष शाह स्वयं उपस्थित भइ आजको तिमीले १० दिनभित्र सम्पूर्ण हिसाबकिताब बुझाउने छु भनी लिखितका साथ सहि छाप समेत गरेर बाहिरिएको तर भाका नाघेर महिनौं बित्दा पनि कुनै पनि हिसाब नबुझाएपछि पटकपटक पत्राचार गरेर हिसाब मिलाउन आग्रह गरेको  संस्थाका का महासचिव निर्मल बेलवासेले बताए ।
अहिलेसम्म ४ पटक पत्र पठाइ सक्यौं अध्यक्ष केसीले थपिन ,”कल वा  मेसेज त सयौं पटक गर्यौं,सधैंजसो एक हप्ताको भाका राख्ने र भाका आएपछि फोन समेत नउठाइ सम्पर्कमा समेत नआउने गरेको उनको भनाइ छ। NCC ले यसअघि पनि सल्लाहकार सहितको मिटिङमा शाहलाई उपस्थित गराइ हिसाबकिताब नबुझाउनुको कारण सोधेको थियो ।उक्त बैठकमा शाहले आफू केही ब्यवहारीक समस्यामा भएकोले २महिनाभित्र जसरी पनि मिलाउने बाचा गरेका थिए। शाहले आर्थिक हिसाबकिताब नबुझाएपछि २५ बर्ष लामो इतिहास बोकेको संस्थाको सामान्य गतिविधि सञ्चालन गर्न समेत गाह्रो भएको केसीको भनाइ छ। आर्थिक अभावका कारण NCC आपतकालीन राहत कोष स्थापना ,महिला सेल्टर स्थापना ,तनाव ब्यवस्थापन(motivation)कार्यक्रम संचालन जस्ता महत्त्वपूर्ण योजनाहरु अोझेलमा परेको NCC ले जनाएको छ। शाहले अब नेपाली सम्पर्क समिति कोरियालाई एक करोड बाईस लाख कोरियन वन बुझाउन बाँकी छ।

निवर्तमान अध्यक्ष शाह नेपाल डोटी स्थायी घर भइ लामो समयदेखि कोरियामा बसोबास गर्दै आएका छन ।अन्नपूर्ण रेष्टुरेन्ट खुम्छन फाजुका सञ्चालक समेत हुन ।
शाहको सामाजिक ,राजनैतिक ,पारिवारिक साथै ब्यक्तिगत मर्यादालाई ख्याल गरी १बर्षसम्म पर्खिएको र पटकपटक सचेत गराउँदा समेत नदिएकाले सम्पूर्ण नेपालीहरु माझ सार्वजनिक गर्न बाध्य भयौं केसीले भनिन् ।कोरियामा श्रम गर्न आएका श्रमिकहरुबाट दस हजार वनका दरले उठाएको पैसा कसैले ब्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदैन उनले जसरी पनि दिनुपर्छ एक सदस्यले थपे। कानुनी प्रक्रियामा जानको लागि कोरियन वकिलसँग पनि सल्लाह भइरहेकाे र प्रमाणका लागि सर्जिविन मुचुल्का उठाउनुपर्ने वकिलको भनाइ रहेकोले आवश्यक परेमा सहयोग गर्न पनि सम्पूर्ण नेपालीहरुलाई NCC कोरियाले अनुरोध गरेको छ।गत आइतबार अगष्ट १२ तारिखका दिन चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि शाहको ढिलासुस्ती सार्वजनिक गरेको हो ।

प्रतिक्रियाहरू