एनसीसी कोरियाको करिब डेढ करोड वन हिनामिना गरेको आरोप लागेका प्रेमकुमार शाह द्वारा बचाउको प्रयास, पत्रकार सम्मेलनमै लगाए कोरियन प्रहरी

5491

कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति ( एनसीसी कोरियाको ) १ करोड २२ लाख लिएर सम्पर्क बिहिन रहेका संस्थाका निबर्तमान अध्यक्ष प्रेमकुमार शाह एनसीसी कोरियाले गत आइतबार राजधानी सियोलमा राखेको पत्रकार सम्मेलनमा अनुपस्थित रहे l

अधिबेशन पश्चात  नयाँ कार्यसमिति गठन भएको १ बर्ष बितीसक्दा पनि संस्थाको कोषमा रहेको १ करोड २२ लाख कोरियन वन तत्कालिन अध्यक्ष प्रेकुमार शाहले नबुझाएको भन्दै केहि दीन अगाडी एनसीसी कोरियाले बिक्यप्ति समेत निकालेको थियो l
तर निबर्तमान अध्यक्ष शाहले उक्त कुराको खण्डन गर्दै आफुले पत्रकार सम्मेलनमा स्पस्ट कुरा राख्ने बताएका थिए l शाहकै सहमतिमा पत्रकार सम्मेलन गरिएतापनि उनि स्वाम अनुपस्थित रहे l

निबर्तमान अध्यक्ष शाहले आफु अनुपस्थित रहेर कोरियन प्रहरी लगाएर उक्त कार्यक्रम विफल पार्ने दुस्प्रयास समेत गरेको एनसीसी कोरियाले बिक्यप्ति मार्फत जनाएको छ l तर उनको प्रयास भने सफल हुन् सकेन l
संस्थाले निकालेको बिक्यप्ति यस्तो छ l

प्रतिक्रियाहरू