एनसीसी कोरियाको बिगत देखि हाल कोरियन सरकारमा दर्ता हुदा सम्मको अबस्थालाई हेर्दा

596

कोरीयामा नेपालीहरूको आऊनेक्रम  सन १९८७ बाट सुरुभै  सन१९९३सम्म आइपुगदा संख्यात्मक रुपमा बृध्दी हूँदै गएको छ l नेपाल लगायत  अन्य देशहरूबाट पनि आर्थिकोपार्जन तथा अन्य शिलशिलामा  आऊने क्रम  बडे संगै दुर्घटना ,पारिश्रमिंक  सम्बन्धि ,मानबअधिकार सम्बन्धी समस्या पनि बृद्धि हूँदै गएकोले धार्मिक तथा मानबआधिकारबादीहरूले  संस्थागत र ब्यक्तिगतरुपमा सहयोग गर्न सुरु  गर्नुभयो।

त्यस समयमा  बिदेशी हरूलाई सहयोग गर्ने कामको थालनी  कोरियाको म्यांङ्दोङ्ग  स्थित कयाथोलिक गिर्जाघरबाट सुरुवात भएको  हो र  बिदेशीहरूलाई सहयोग गर्ने शाखा कार्यालय स्थापना गरेको थियो  ।त्यस कार्यालयमा पहिला सहायक र पछि  प्रमुखको भूमिका निर्बाह गर्नु भएकी  लिडया बेगको सल्लाह ,सुझाब,र सहयोगमा १९९३ फेब्रुरी महीनाको २२ र २३ तारिखमा  केही नेपालीहरूको भेलाले नेपाली सम्पर्क समिति (एनसिसिको ) को जन्म भयो।  त्यसपछि बौद्ध गुम्बा   , चर्च ,बिभिन्न ग़ैर सरकारी संस्था  र धेरै ब्यक्ति हरूले  सामूहिक र ब्यक्तिगत रुपमा  पनि अथाह सहयोग ,समर्थन ,माया गर्न   सुरू  भएकै कारणले आज हामी यहाँ सम्म आइपुगन सकेका छौ  । कुनै सांस्कृतिक कार्यक्रम  गर्दा होस वा  जमघट गर्दा कुनै दुखद घटनामा  पर्दा सधै नेपालीहरूले एक आपसमा सहयोग गर्ने र सहयोगी मनका धनि  कोरीयन हरू बाट   संस्थागत र ब्यक्तिगत रुपमा पनि सहयोग र समर्थन  पाइनै  रहयो र गाह्रो   भन्दा  गाह्रो र असजिलो समस्या हरूलाई पनि समाधान गर्न कहिल्यै पछि  नपरेको इतिहास छ ।

अग्रज हरू को योगदान र कार्यशैली ले हालसम्म पनि कोरीयामा एनसीसी  भनेपछि   कोरियन मानब अधिकारबादी , धार्मिक ,मज़दूर संगठन /संघ/ संस्थाहरूले  माया  गर्नु हुन्छ  , र लोक प्रिय पनि छ ।एनसीसी  स्थापना पस्चात काम गर्ने कम्पनीमा कुनै समस्या भए सहयोग  पाउने आसामा  मन ढुक्क हुनथ्यो ।नेपाली नेपाली बीचमा सम्पर्क गराउने , दुःख सुखमा एक आपसमा सम्पर्क ,सम्बन्ध बढाऊनूका साथै कामको खोजी,जापानमा रहेको नेपाली राजदूताबासको कार्यालय मा राहदानी सम्बन्धि कामगर्नको लागी सहयोगी को भूमिका निर्बाह गरेको , आफैले सांस्कृतिक कार्यक्रमको आयोजना र कार्यक्रम गर्न चाहने बिभिन्न संघ संस्थाहरूलाइ सहयोग , सहकार्य  गर्दै आएको कुरा सर्बबिधित नै छ। तत्कालीन समयमा भाषाको अज्ञानता , संचारको  असुबिधा भएको समयमापनि यस संस्थाले धेरै खाले रचनात्मक कामहरू गरेको छ ।

तत्कालीन समयमा प्रायः सबै बिना भिसा कोरीयाको बसाई भएकोले  चाहेर पनि एनसीसीलाई दर्ता गर्न सकिने स्थिति थिएन र धेरै पछि सम्म पनि  संस्था दर्ता गर्ने  बिषयमा जानकारी कमी हुनु र दर्ता तर्फ ध्यान दिनु भंदा पनि  समस्याहरू कै  बिषयमा बढ़ी केन्द्रित हुनु जस्ता बिबिध कारणले  सामाजिक संस्थाको रुपमा कोरीयमा दर्ता हुननसके पनि कोरीयामा नेपालीहरूको  सामाजिक  संस्था को रुपमा एनसीसी परिचित छ। कोरीयन सरकारको निकायमा सामाजिक संस्थाको रुपमा दर्ता हुनसके अझै फरकिलो हिसाबले काम गर्न सकिने र बैधानिक भएपछि नेपालबाट आफैले पनि कलाकार हरू निमंत्रणा गर्न सकिने सम्भाबना हुनसकने भएकोले  दर्ता गर्नु जति आबस्यक थियो त्यती नै दर्ता गर्ने प्रक्रिया पुरा गर्न  झंजटिलो  भएकोले गाह्रो  महसूस  गरीएको कारणले दर्ता प्रक्रिया लम्बिदै  थियो तर  यो प्रक्रिया २०१९मा आउदा सफल हुन सक्यो l अहिले आएर एनसीसी कोरिया कोरियन सरकारमा दर्ता भएको छ । बर्तमान कार्यसमितिका पदाधिकारी हरू, पूर्ब पदाधिकारीहरू, अन्य संघ/ संस्था तथा एनसीसीलाई लाई माया गर्नुहुने सबैको मेहनत र  कार्य समितिकी अध्यक्ष  अंजु के सी  बर्तमान एनआरएनए  कोरीयाका अध्यक्ष  यज्ञ राज सूबेदी , बिहानी रेस्टूरेण्ट  इंछन , बुफयोंगका  संचालक जगन्नाथओली को बिशेस पहलमा जगन्नाथ ओलि  को नाममा  सउल स्थित चोंगनो  कर कार्यालयमा दर्ता भएको जानकारी गराउन पाऊदा खूसी लागेको छ ।  बिधान अनुसार र बर्तमान कार्यसमितिको पधाबधि पनि सकिएको कारणले एनसीसी  दर्ता हुँदा भएका पदाधिकारी हरू र बर्तमान पदाधिकारीहरू अब अस्थाई मात्र हौं र सबैको सल्लाह  , सुझाब मा आधिबेसन को  मिति तोकी नया कार्यसमिति को चयन गर्नु पर्दछ।नया कार्यसमितिले बिभिन्न  खालका सबै संघ संस्था हरू संग हातेमॉलो गर्दै र बिसेस ग़ैर आबसिय नेपाली संघ (NRNA )कोरीया संग सहकार्य गर्दै  कोरीयामा कार्यरत मज़दूरहरूको बिषयमा केन्द्रित भै  मज़दूर हकहितका   लागी रचनात्मक कार्यक्रम गर्नु  स्थापना काल को  उदेश्य र आजको  पनि प्रमुख आबस्यकता हो ।

अब सबै मिली सशक्त रुपमा यस संस्थालाई संचालन गर्ने ज़िम्मेवारी तपाई हामीहरू सबैको काँधमा आइलागेको छ। संस्था दर्ता गर्नु मात्र ठूलो कुरा होईन ,यसलाई कसरी संचालन गर्ने  भन्ने कुरा ठूलो बिषय हो । आगामी दिनमा सबैको सक्रिय सहभागीतले  यस  संस्थाको भाबिस्यलाई अझ उज्ज्वल  बनाउने छ भन्ने  कुरामा बिस्वस्थ छौ l

प्रतिक्रियाहरू