एनसीसी कोरियाको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न , २५ बर्षगांठकोअबसरमा सिल्भर जुब्ली मनाउदै

0
1710

नेपाली सम्पर्क समिति ( एनसीसी ) कोरियाले आफ्नो स्थापना कालको २५ औं बर्ष पुगेको अबसरमा सिल्भर जुब्ली मनाउने तयारि गरेको छ l

कोरियामा सबैभन्दा पुरानो माउ संस्था एनसीसीले आफ्नो २५ औं  बर्षगांठको अबसरमा सिल्भर जुब्ली के कसरि मनाउदा उपयुक्त हुन्छ भन्ने बारेमा गत आइताबार राजधानी सियोल स्थित नेपाल हाउसमा बृहत अन्तरक्रिया तथा तथा चियापान कार्यक्रमको समेत आयोजना गर्यो l

-- Ad --


कोरियामा रहेका अधिकांस संघ संस्थाका प्रतिनिधि ,कोरिया स्थित नेपाली राजदुत अर्जुन जंग बहादुर सिंह लगाएतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सिल्भर जुब्लीको तयारि वारे बृहत छलफल भएको थियो l

अन्तरक्रिया कार्यक्रममा उठेका सवाल हरुको जवाफ दिदै संस्थाकी अध्यक्ष अन्जु केसीले बिगतको कार्य समिति बाट आर्थिक हिनाबिना भएको र निबर्तमान अध्यक्ष प्रेम साह संग संस्थाको ठुलो रकम रहेको समेत स्पस्ट पारिन l पटक पटक ताकेता गर्दा पनि साह बाट रकम निकासा गर्न नसकिएको अबस्थामा अबका दीनमा के कसरी जादा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाब पनि मागेकी थिइन l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here