एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

740

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका सम्पूर्ण संस्थाहरूको छाता सङ्गठन एनसीसीले सम्पूर्ण संघ संस्था लाई समेटेर कार्यक्रम बाँडफाँड गर्ने भनी तोकिएको मिति एक हप्ता पछाडि सरेको छ ।गतआइतबार सउलमा बसेको एनसीसी कार्यसमिति बैठकले यस्तो निर्णय गरेको भए पनि विभिन्न संघ संस्थासँग कार्यक्रम जुध्न गएको र पूर्वनिर्धारित कार्यक्रम भएकोले सार्न नमिल्ने भन्दै कार्यक्रम मिति सारी दिन अन्य संघसंस्थाहरुले गरेको अनुरोधलाई स्विकार्दै एनसीसीले कार्यक्रम बाँडफाँडको मिति एक हप्ता पछि अर्थात् जुन २४ लाई सारिएको हो ।

यसअघि जुन १७ मा गर्ने भनी सुचना प्रकाशन गरिएको थियो । अब भने जुन २४ तारिखको दिन नेपाल हाउस सउलमा अौपचारिक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड गर्ने एनसीसीले जनाएको छ । बिगतका दिनहरूमा करिब डेढ महिना अघि मात्रै कार्यक्रम बाँडफाँड गर्ने गरेको भए पनि कार्यक्रम गर्ने संस्थाहरुबाट हल बुकिङ ,कलाकारहरुको छनोट र अन्य तयारीहरु गर्न समय कम हुने गरेको गुनासो आएपछि त्यसलाई मध्यनजर गर्दै यो पटक झण्डै ३ महिना अघि कार्यक्रम बाँडफाँड गर्न लागेको एनसीसी कोरियाले जनाएको छ।साथै यसअघि सलनालमा कार्यक्रम गरेका संस्थाहरुलाई पनि कार्यक्रम उदेश्य अनुरुपको भए नभए जानकारी सहित प्रगति विवरण पेश गर्न पनि अनुरोध गरेकोछ।कार्यक्रम बाँडफाँड सँगै उक्त दिन एनसीसीमा आबद्ध संघसंस्थाहरुलाई प्रमाणपत्र प्रदान गर्ने पनि एनसीसी महासचिव निर्मल बेल्वासेले जानकारी दिनुभयो ।

जुन २४ तारिखसम्म आफ्नो कार्यक्रमको प्रारम्भिक स्वरुप तयारी गरि निबेदन लिएर आउन एनसीसी कोरियाले अनुरोध पनि गरेको छ। कार्यक्रममा सबैलाई सँगै समेटेर आपसी समझदारीमा निष्पक्ष तवरबाट बाँडफाँड गर्ने कुरा एनसीसी अध्यक्ष अञ्जु केसीले जानकारी दिनुभएको छ।

यस कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण संघसंस्थाहरु व्यापारीवर्गहरु, बुद्धिजीवी ,विद्यार्थी, पत्रकार लगायत सम्पुर्ण सबैलाई नेपाल सम्पर्क समिति दक्षिण कोरियाले अनुरोध पनि गरेको छ।

प्रतिक्रियाहरू