एनसीसी बुसान शाखाले गर्यो शुभादिपावली कार्यक्रमको साथमा अध्यक्ष अन्जु केसीलाई सम्मान

0
148

नेपाली हरूको महान चाड शुभदिपावलीको पावन अवसर पारेर नेपाली सम्पर्क समिती (एनसीसी )बुसान ले आयोजना गरेको तिहार कार्यक्रम गत आइतबार  का  दिन भब्यताका साथ सम्पन्न भयको छ ।
बुसान सहरको छोर्याङ यक YMCA हल को १७औ तलामा उक्त कार्यक्रम को आयोजना गरिएको थियो । नेपाली सम्पर्क समिती दक्षिणी कोरिया बुसानका अध्यक्ष संगित अधिकारको अध्यक्षतामा भयको  उक्त कार्यक्रममा प्रमुख अथिती एनसीसी  दक्षिण कोरिया का अध्यक्ष अन्जु के.सी रहनुभयको थियो । त्यस्तै बिशिष्ट अतिथी नेपाली सम्पर्क समिती दक्षिणी कोरिया बुसानका संस्थापक अध्यक्ष तथा समाजसेवी एल.बी बिष्ट , एन आर एन ए  बुसान का पुर्व अध्यक्ष तथा समाजसेवी रबिन राई रहनुभयको थियो । साथै उक्त कार्यक्रम को अतिथि हरूमा एनसीसी  बुसान का सल्लाहकार बसन्तराज घिमिरे ,एन आर एन  दक्षिण कोरिया का केन्द्रीय सदस्य अंशुबर्मा लिम्बु , पत्रकार महासंघ दक्षिण कोरिया का खेम कार्की प्रवाशी नेपाली महिला संघ बुसान कि अध्यक्ष प्रतिमा आलेमगर , आदिवासी जनजाति महासंघ किम्हे बुसान क्षेत्र का बरिष्ट उपाध्यक्ष सोझे मिलन राई , एनसीसी  दक्षिण कोरिया का केन्द्रीय सदस्य दिपक खड्का लगायतका बुसान आसपास क्षेत्रका बिभिन्न संघ-संस्थाका प्रतिनिधि तथा बुसान ,किम्हे तथा गजेदो क्षेत्रबाट नेपाली हरूको बाक्लो उपस्थिती समेत रहेको उक्त कार्यक्रम मा देउसी भैलो तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहेको थियो ।


साथै उक्त कार्यक्रम मा  कोरियामा रही बुद्व प्रतिमा स्थापना देखि अन्य सामाजिक कार्यमा उत्कृष्ट योगदान दिएको भन्दै एनसीसी दक्षिण कोरिया कि  अध्यक्ष अञ्जु के.सी लाइ बिसेष सम्मान गरिएको थियो l

-- Ad --


 

यसरि सम्मान पाउने अन्य ब्याक्तिव हरुमा  एनसीसी  बुसानका संस्थापक अध्यक्ष तथा समाजसेवी एल बी बिष्ट , समाजसेवी रबिन राई , प्रतिमा आलेमगर , दुर्गा अधिकारी समेत हुनुन्छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here