एन आर एन ए कोरिया , किन तोडियो राजधानी केन्द्रित सिण्डिकेट

2364

एनआरएनए दक्षिण कोरियाले नयाँ नेतृत्व पाएको छ l गत हप्ता सम्पन्न सातौ अधिबेशन बाट यज्ञराज सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति बनेसंगै एनआरएनए कोरियाले नयाँ मोड लिएको जानकारहरु बताउछन l हाल सम्मको इतिहासलाई हेर्नेहो भने   संस्थापक अध्यक्ष केपी  सिटौला देखि लिएर निबर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ सम्म आइपुग्दा हरेक  नेतृत्व पूर्णतया राजधानी सियोल केन्द्रित रहेको छ l यसवाट के प्रस्ट  हुन्छ भने एनआरएनए कोरिया राजधानी सियोल केन्द्रित छ l
यस पटकको सातौ अधिबेशनले नेतृत्वमा केहि हलचल ल्याएको छ l कोरियाको किम्हे सहरमा माइग्रेन्ट हाउस संचालन गर्दै आइरहेका यज्ञराज सुबेदीले संस्थाका बरिष्ठ उपाध्यक्ष समेत रहेका बिपिन गुरुङलाइ पराजित गर्दै नेतृत्व लिन सफल भएपछी सिण्डिकेट जस्तै बनेको राजधानी केन्द्रित नेतृत्व अब बाहिरिएको छ l
एक दशक भन्दा लामो समय राजधानी केन्द्रित नेतृत्व हाल आएर बाहिरिदा संस्थालाई कुनै असर पर्छ या पर्दैन ? के कति कारणले  राजधानी भित्र एकाधिकार बनेको नेतृत्व बाहिरियो ? के कोरियावासी नेपालीले केहि  फरक पन चाहेकै हुन त  ? यो बिषयमा के भन्छन जानकारहरु l हेल्लो नेपाल कोरिया डट कमले तयार पारेको  एक रिपोर्ट l

के पी सिटौला ( संस्थापक अध्यक्ष एनआरएनए कोरिया )
“आज  हामी  एउटा प्रबिधि सम्पन्न देशमा छौ l संस्थाका हरेक गतिबिधिहरु नेटवर्किंङ्ले चल्ने हुन् l संथाको नेतृत्व लिने ब्याक्ति राजधानीमै बस्नु पर्छ भन्ने छैन  l हुनत अन्तर्राष्ट्रिय संजाल संग जोडिएको संस्था भएकोले धेरै गतिबिधिबिधिहरु राजधानीमै हुने गर्दछन त्यसैले उहाँ आफैलाई आउन जान अलिकति असज भने पर्न सक्छ l नेतृत्व लिने  ब्याक्ति जहाँ रहेपनि बिगतमा  गरिएका प्रतिबद्वताहरु पुरा गर्न सके संस्थालाई त्यस्तो कुनै असर पर्दैन l अर्को कुरा नेतृत्व सियोल भन्दा किन बाहिरियो भन्ने सम्बन्धमा संथालाई नेतृत्व दिनसक्ने सक्षम ब्याक्तित्व राजधानी बाहिर पनि रहेछ भनेर बुझ्नु आबस्यक छ l बास्तवमा एनआरएनए कोरियाले पछिल्लो समय आफ्नो साख गुमाएकै हो l बिसुद्व सामाजिक संस्था भित्र राजनीति घुस्न थालेपछि त्यसले पक्कै पनि राम्रो परिणाम दिदैंन l हुन त अरु देशका एनआरएन भित्र पनि राजनीति खिचातानी नहुने गरेको होइन l भोलिका दीनमा पनि एउटा बिशुद्व सामाजिक संस्था भित्र यसरि राजनीति हावी हुनेहो भने कुनैदीन एनआरएन पनि राजनीति पार्टीको भात्रि संगठन नबन्ला भन्न सक्ने अबस्था छैन l ”


आलिशा सिंह (  सामाजिक अभियान्ता तथा पुर्व उपाध्यक्ष एनआरएनए कोरिया )

“सर्वप्रथम राजधानि केन्द्रित सेण्डिकेट जुन भन्नु भएको छ वास्तवमा त्यो राजधानि केन्द्रित नभएर तोङ्देमुन केन्द्रित थियो भनेर भन्न चाहान्छु। बाकि रह्यो यसपालाको नेतृत्व किन राजधानि बाहिर गयो भन्ने सन्दर्भ छ त्यसको प्रमुख कारण तोङ्देमुनबाट जुन रुपमा कोरियाभर. छरिएर रहेका नेपाली माझ एनअारएनए कोरियाको उपस्थितिको अाभास दिनु पर्ने हो त्यो हुन नसक्नु हो भने अन्य कारणहरुमा तोङ्देमुन अाफैमा बिबिध कारणले कोरियाबासि नेपालिहरुमा एजिटेसनको बिषय बन्न पुग्यो होला भन्ने लाग्दछ। त्यसै गरेर अाउट अफ तोङ्देमुनमा यसको नेतृत्व जादा संस्था सञ्चालनमा अप्ठेरो हुन्छ भन्ने कुरा छ त्यस बारेमा एनअारएनएको काम के हो भन्ने कुरा बुझ्नु पर्छ जस्तो लाग्दछ। यदि एनअारएनए भनेको स्थानिय ब्यापारिहरुको व्यापार प्रबर्धन गर्ने मात्र हो भने त्यो नहुन सक्छ नत्र भने नेतृत्व त्यस किसिमको (ब्यापारिक संम्लग्नता नहुने हुदा )ह्याङ् रहित कोरया भरि क्रियाशिल हुन सक्ने अाफ्ना सेवाहरु बिकेन्द्रित गर्न सक्ने हुदा सबैले एनअारएनएलाइ अपन्त्व अनुभुति गराउने एउटा बृहत प्लेटफर्म निर्माण भएको रुपमा हेरिनु पर्दछ र तदअनुकुल अगाडि जानु पर्दछ र हामीले सोहि अपेच्छा गरेका छौ।
के कति कारणले नेतृत्व बाहिरियो भन्ने सन्दर्भको कुरा छ त्यो अघि पनि भनि सकियो। यसमा प्रमुख कारणहरुमा अत्यन्त केन्द्रिकृत (तोङ्देमुन)गतिबिधि जस्तै भेला, सभा, सेमिनार, मनोरञ्जनात्मक गतिबिधि जस्काकारण अन्य क्षेत्रमा रहने नेपालीहरुले बायसनेस महसुस गर्न पुगे। अर्को कुरा एनअारएनए सबै तिर क्षेत्रिय कमिटि मार्फत जानु पर्ने त्यो हुन नसक्नु, त्यसै गरेर कुनै एउटा बिचारधाराको मात्र र एउटा बर्गको मात्र यसमा प्रभुत्व रहनु पर्छ भनेर सोचिनु, एनअारएनए संस्थागत संरचनामा अप टु डेट हुन नसक्नु, थोरै तोङ्देमुनिय अोभर कन्फिडेन्ट सहितको अहंकारले समेत यसो हुनुमा काम गरेको हुनु पर्दछ।
अव फरकपनको चाहानको सन्दर्भ छ त्यो अत्यन्त स्वभाविक छ अपेक्षाकृत कामहरु हुन नसक्दा र अापसि कनेक्सन नहुदा ब्यक्तिमा, स्थानमा र कतिपय सन्दर्भमा ब्यक्तित्व र उसका विचारमा समेत मान्छेले बिकल्प खोज्दछ र अहिले त्यहि भएको हो भन्ने लाग्दछ।
अन्तिममा अहिले कोरिया प्रवासि नेपालीहरुले अहिले सम्मकै उत्कृष्ठ टिम निर्वाचित गरेका छन। यो टिमले समुदायमा सकारात्मक कामको माध्यमबाट स्थापित हुन र यसको गौरव बढाउने सुअवसर प्राप्त गरेको छ। बाकि त अागामि दिनमा उहाँहरुको प्रस्तुकरणबाट देखिनेछ l ”


युगेल तेन्डुप सेर्पा ( अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया )
“आजको जमानाको मतदाताहरुले  हर निर्वाचनमा फरकपन चहानु स्वाभाविक छ l अहिले सम्मको भएको महाधिवेशनहरुको प्रत्येक बन्दसत्रहरुलाई हेर्ने हो भने एनआरएनए कोरिया  बेरुजु ,आर्थिक अनियमितता भएको सस्था जस्तो लाग्छ   ।  राजधानी बाहिर र भित्रको कस्ले जितेको भन्ने कुराले खासै फरक पार्दैन  किनकि कोरियाका हरेक स्थानमा ४  घन्टामै  वारपार गर्न सकिन्छ lअर्को कुरा बिधानतया  एनआरएनए  गैर राजनीतिक सामाजिक सस्था भन्ने छ l तर यस पटकको चुनावमा आएका उमेद्वारहरु राजनीतिक प्यानल बनाएर केन्द्रकै अध्यक्ष  , उपाध्यक्षहरु कै सामु चुनाब  जितेहारेको स्पस्ट नै छ l ९५  प्रतिशत कोरियावासिले  नेकपाको उम्मेदवारहरुले जितेको दाबी र हार्नहरुले काङ्ग्रेसको दुइजना उम्मेदवार उठेकाले हारेको भन्ने गरेकाले यो सस्था पुर्ण राजनीतिक ट्रायक तिर गएको भान भएको छ  l जुन दु:खद छ ।  झोले र हनुमन्ते नेपाली पाराको राजनीत प्रवृत्ति र हर्कतले सामाजिक सस्था दुर्गन्धित हुन हुन जान्छ l यस्तो गतिविधिले सबैको साझा  संस्था बन्न सक्दैन l ”


कृष्ण पुरी ( संचारकर्मी तथा सामाजिक अभियन्ता )

“कोरियामा पछिल्लो समय इपिएस श्रमिक बढेसगै समस्याहरु पनि बढ्दै गएका छन । विशेष गरी  कोरियामा हुने विभिन्न घटनाहरु, दुख आपतहरुमा एनआरएनए कोरियाले  गम्भीरतापूर्वक रूपमा ध्यान  नदिनु, मजदुर मैत्री कार्यक्रमलाई स्थान नदिनु , आ आफ्नो स्वार्थमा  देखावटी रूपमा हरेक कार्यक्रम गरेको जस्तो गरि  सिमित तवरले सिमित स्थानमा गतिविधि संचालन हुनु, सौल केन्दृत कार्यक्रमलाई मात्र महत्व दिनु , हाल दिनानुदिन  कोरियामा इपिएस श्रमिकहरु बौद्धिक सर्कल तथा  सकृय र सचेत जागरुक  नेपालीहरु भित्रिदै गइरहेको परिप्रेक्ष्यमा यहाँ रहेर सामाजिक गतिविधिमा अग्रसरता बढाउदै  गर्दा कोरियामा रहेका महत्त्वपूर्ण सस्था  एनआरएनए जस्ता महत्त्वपूर्ण निकाय मार्फत नेपालीहरुले नेपाल र नेपालीका लागि हितमा सिर्जनात्मक रचनात्मक स्तरीय  सबल र उल्लेखनीय कार्यहरूको अपेक्षा गर्दै आएकाले बिगत लामो समय देखि  हालसम्म पनि एन आर एन ले  तदअनुरुप जिम्मेवारी बहन गरि अगाडि बढ्न नसकेको , बर्सेनि सस्था  खिचातानीमा  एक अर्कामा पद सार्ने ,उम्कने आफ्नो कार्यकाल बिताउने  l एकै खालको प्रवृत्ति एकात्मक संस्कार   र परिपाटीको अन्त्य गर्न बास्तबिक रूपमा एन आर एन को उदेश्य प्राप्ति ,सस्थागत सरचना सुधारका निम्ति  व्यापक रूपमा नेपालीहरुको चाहना बमोजिम नै अहिले एन आर एन को नेतृत्व राजधानी बाट बाहिरिएको अवस्था हो ।
हाल उल्लेख्य मात्रामा प्रबाशी भुमिमा रहेका नेपालीहरु पनि स्वाभाविक रूपमा समय पुस्ता र बिकास सगसगै सोच बिचार र दृस्ठिकोणमा पनि क्रमशः परिबर्तन हुँदै आईरहेका छन । फलस्वरूप कोरियामा हुने हरेक सामाजिक गतिविधिमा बिगतमा  भन्दा हाल  नेतृत्व लिन कडा प्रतिस्पर्धा हुने गरेको छ । सस्थामा जिम्मेवारी पदमा रहेर अनैतिक गतिविधि ,अनियमितता ,यथास्थितिबादी  र सार्बजनिक पद दुरुपयोग भैरहदा नेपालीहरुमा सचेतता र निगरानी बढिरहेको हुनाले नै हाल नेतृत्व तह  चयनमा सक्षम र सबलता  निर्माणमा सबैको ध्यान विवेक प्रयोग भएको देखिन्छ ।
बास्तबमा सस्थाको  नेतृत्व बिकास र सुधारका निम्ति महत्त्वपूर्ण कुरा सस्थाको लक्ष्य उदेश्य प्राप्तिका लागि  दृढ़ इच्छाशक्ति ,भिजन र कुटनैतिक सक्षमता नै अति आवस्यक र गहन बिषय हो । प्रबाशमा बसोबास गर्ने नेपालीहरुलाई एन आर एन मार्फत नेपाल र नेपालीका निम्ति हित र देश बिकासमा टेवा पुर्याउन मार्ग प्रसस्त गरेकोले नेतृत्व तह  राजधानी वा जुनसुकै स्थानमा रहेतापनी मुख्य कुरा सम्बन्धित सस्थाको कार्यशैली, भुमिका ,विभिन्न गतिविधिहरु र  समान तवरले सबै क्षेत्रलाई समेट्न गरेको पहलकदमी र प्रणालीमा निर्भरता पर्दछ ।”

प्रतिक्रियाहरू