एन आर एन कोरियाको बरिष्ठ उपाध्यक्षमा दिपक पुनको उम्मेद्वारी घोषणा

143

गैर आवासिय नेपाली संघ कोरियाको सातौ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा दिपक पुनले उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखी एन आर एन कोरियामा क्रियाशिल रहेका पुन एन आर एन कोरियाको पुर्व महासचिव समेत हुन् ।

बौद्दिक व्यक्तित्वको छवि बनाएका उनी दक्षिण कोरियाको आधा दर्जन संघ संस्थाका सल्लाहकार समेत हुन् । भने ङ्ग्देमुन स्थित नाङ्ग्लो रेस्टुरेण्टका संचालक समेत हुन् । उनले आफ्नो उम्मेद्वारी एन आर एन माईग्रेन हाउसको परिकल्पना देखी एन आर एन कोरियालाई आर्थिक रुपमा पारदर्शी बनाउने लगायतको रहेको बताएका छन् ।

उनले आफ्नो ब्रिस्तित चुनावी प्रतिवद्दता केही दिन भित्रमा नै सार्वजानिक गर्ने जानकारी दिंदै सबै कोरियाबासी नेपालीहरुको साथ् सहयोग रहनेमा आफु आशावादी रहेको बताएका छन् ।

प्रतिक्रियाहरू