एन.सि.सि. ले आउँदो सलनालमा गरिने कार्यक्रमको बाँडफाँड गर्ने, प्रस्ताव सहित आउन इच्छुक संघ-संघलाई आग्रह

0
172

नेपाली सम्पर्क समिति (एन.सि.सि ) ले आउँदो सलनालमा कार्यक्रम गर्न चाहने संघ-संस्थालाई आफ्नो प्रस्ताव सहित आउन अनुरोध गारेको छ। यहि डिसेम्वर ९ तारिखमा छलफल गरिने कार्यक्रममा बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई एन.सि.सि. ले उपस्थित हुन पनि आग्रह गरेको छ।

कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा गरिने छलफल कार्यक्रममा आँउदो सलनालमा कार्यक्रम गर्न इच्छुक संघ-संस्थालाई कार्यक्रम गर्न अनुमति दिने र बिगतको भन्दा अझ प्रभावकारी ढंगबाट कार्यक्रमको बाँडफाँड गरिने एन.सि.सि ले बताएको छ भने गत छुसकमा कार्यक्रम गरेका संघ- संस्थाले समेत कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गर्न समेत आग्रह गरेको छ।

-- Ad --


त्यस्तै, पत्रचार गर्ने समय अवधि कमी भएकोले यहि सुचनालाई आधार मानी सबै संघ-संस्थाका पदाधिकारीहरुलाई उपस्थितीको लागि पनि समितिले अनुरोध गरेको छ।
कार्यक्रम दिनको १२ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here