एन.सि.सि.ले सलनालमा गरिने कार्यक्रमको बाँडफाँड गर्यो, ३ ओटा संस्थाले पाए अनुमति

1991

नेपाली सम्पर्क समिति (एन.सि.सि ) ले आउँदो सलनालमा सांगीतिक कार्यक्रम गर्न चाहने संघ-संस्थालाई आज कार्यक्रमको बाँडफाँड गरेको छ। कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा गरिएको छलफल कार्यक्रममा आँउदो सलनालमा ३ ओटा संस्थाले कार्यक्रम गर्न अनुमति पाएका छन्। २०१९ को फेब्रेवरी ३, ४ र ५ तारिखमा क्रमश: नेवा पुच, उदयपुर सेवा समाज र नुवाकोट समाजले कार्यक्रम गर्नको लागि आज एन.सि.सि बाट अनुमति पाएका हुन्।

कार्यक्रम गर्न अनुमति पाएका संघ-संस्थालाई कार्यक्रमको सफलताको लागि शुभकामना दिदैँ गत छुसकमा कार्यक्रम गरेका संघ- संस्थाले समेत कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गर्न एन.सि.सि.ले आग्रह गरेको छ। संस्थाकी अध्यक्ष अन्जु के.सी को सभापतित्व, एन.सि.सि संरक्षक के.पी. सिटौलाको प्रमुख आतिथ्यता, बिशेष अतिथिहरु एन.सि.सि सल्लाहकार तथा निवर्तमान एन.आर.एन.ए अध्यक्ष राजु क्षेत्री, एन.सि.सि संस्थापक सदस्य अप्त पुन, पत्रकार महासंघ कोरिया शाखा बरिष्ठ उपाध्यक्ष किशन गौत्तम लगाएत बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रियाहरू