एमटियुका अध्यक्ष उदय राइ सोसियल हिरो अवार्ड -२०२२ बाट सम्मानित

392

दक्षिण कोरियामा लामो समय देखि प्रवासी श्रमिकको हकहितमा काम गर्दै आएका प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राइलाई सोसियल हिरो अवार्ड २०२२ले सम्मानित गरिएको छ l

नेपाल कोरिया फ्रेन्डसिप कम्युनिटीले गत आइतबार राजधानी सिओल मा एक कार्यक्रमको आयोजना गरि सो अवार्डले सम्मानित गरेको हो l
उक्त कार्यक्रममा नेपालबाट भर्खरै आएकी चर्चित शास्त्रीय नृत्यङगना सीता सुवेदीलाइ पनि सम्मान गरिएको थियो l

अध्यक्ष राइले कोरियामा रहेका प्रवासि श्रमिकहरुका हरेक समस्या समाधान तथा हकधिकार प्राप्तिको निमित्त संघर्ष गर्दै आइरहेका छन l यसरि एक सामाजिक ब्याक्तित्वलाई सम्मान गर्न पाउदा अतिनै हर्षित रहेको नेपाल कोरिया फ्रेन्डसिप कम्युनिटिका अध्यक्ष अशोक मैनालीले बताए ।

उक्त कार्यक्रम संगै नेपाली कथानक चलचित्र झिंङ्गेदाउ पनि प्रदर्शन गरिएको थियो l